समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सहारा यूकेले ३० जना सल्लाहकारलाई स्वागत गर्दै समीक्षा बैठक सम्पन्न

  शीतलपाटीन्युज डटकम | १६ चैत्र २०८२, सोमबार १०:२८

शीतलपाटीन्युज डटकम।
अल्डरसट। सहारा यूकेको २९ मार्च २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बैठकले नयाँ सल्लाकार चयन गरेर स्वागत गरेको समाचार छ। सहारा यूकेका अध्यक्ष शारदा गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले चयन भएका सल्लाहकारहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

साथै बैठकमा पोखरामा सम्पन्न २५औँ आहारारा गोल्ड कपसहित संस्थाका अन्य गतिविधिको समीक्षा गरिएको थियो। संस्थाका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा बसेको समिछ्या बैठक महासचिव प्रकाश गुरुङले सञ्चालन गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे महासचिव गुरुङले नै ब्रिफिङ गरेका थिए ।

क्लवका उपाध्यक्ष क्याप्टेन पीताम्बर गुरुङले स्वागत मन्तव्य राखेका थिए। कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्षले नै आयव्यय प्रस्तुत गरेका थिय।

बैठकमा हालै भएको नेपाल भ्रमणको बारेमा अपडेट गराइएको थियो । आहारारा गोल्डकप २०२६ को बारेमा विस्तृत् छलफल तथा समीक्षा भएको थियो ।

यस्तैगरी,आगामी गोर्खाकप २०२६,सहारा यूके अक्षय कोष,सहारा यूके ट्रयाकसुट तथा स्कार्फको बारेमा पनि बैठकमा अपडेट गराइएको थियो। २४ देखि २६ जुलाईमा हुने सहारा यूके फेमिली क्याम्पेनबारे पनि छलफल भएको थियो ।

कार्यक्रममा सहारा यूकेका अध्यक्ष शारदा गुरुङले संस्थाको गतिबिधी प्रचार प्रसारमा सहयोग गर्ने गोरखा मिडियाका मिलन तमु,कान्तिपुर दैनिकका आश गुरुङ,आदर्श समाज दैनिक पोखराका प्रकाश ढकाल,पोखरा स्पोर्ट्स डटकमका केशव पाठक,शीतलपाटीन्युज डटकमका बाचस्पति रेग्मी,एभरेष्ट एफएम पोखराका दीपेन्द्र श्रेष्ठ, गोर्खाली रेडियोकी खिमा गुरुङ,एभरेष्ट टाईम यूकेका दुत पुन र एसके गुरुङलाई धन्यवाद दिएका थिए।

सल्लाहकार अमृत गुरुङको ससुरा दिवंगत भएको अवसरमा एक मिनेट मौन धारणसमेत गरीयको समिछ्या बैठकमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै बैठक समापन गर्नु भयको थियो।
सल्लाहाकारहरु-

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ