समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

‘छैटौँ कमान्ड तथा स्टाफ कोर्ष’ मा डिएसपी सुरेश गैरे सर्वोत्कृष्ट  

  शीतलपाटीन्युज डटकम | ३ कार्तिक २०७९, बिहीबार ११:५७

काठमाडाैं- सशस्त्र प्रहरी बलमा सञ्चालित छैटौँ कमान्ड तथा स्टाफ कोर्षमा प्रहरी नायव उपरीक्षक सुरेश गैरेले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् ।

१८ महिने आवासीय कोर्ष प्रहरी संगठनको महत्त्वपूर्ण तथा उच्चस्तरीय तालिमअन्तर्गत पर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्नात्तकोत्तर तहको सुरक्षा विकास र शान्ति अध्ययन विषयक सो कोर्षका लागि १० जना छनोट भएका थिए ।

 व्यावसायिक र एवं अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय महत्त्वका विषय, सुरक्षा, विपद् व्यवस्थापन, कानुन, द्वन्द्व व्यवस्थापन, अर्थशास्त्रदेखि परराष्ट्र नीतिलगायतका विषयमा तालिम अवधिभर प्रयोगात्मक र सैद्धान्तिक सिकाइका कार्यक्रम सञ्चालन गरिएको थियो । प्रहरी संगठनको नेतृत्व निर्माणका लागि  यो तालिम निकै महत्त्वपूर्ण मानिन्छ ।

संगठनमा प्रतिभाशाली गैरेले यसअघि सशस्त्र प्रहरी संगठनकै तर्फबाट अमेरिकाबाट आतंकवाद विरुद्धको रणनीति विषयमा स्नात्तकोत्तर गरेका थिए । सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, त्रिविका डिन प्राध्यापक डा. कुसुम शाक्य नेपाल प्रहरी, नेपाली सेनालगायतका उच्चस्तरीय अधिकारी सम्मिलित दीक्षान्त समारोहमा डिएसपी गैरे दीक्षित भएका हुन् ।

सुरेश गैरे नेपाली सांगीतिक क्षेत्रमा पनि परिचित नाम हो । यहाँ देशको छ चिन्ता, मर्ने कसैलाई रहर हुँदैन लगायत ३५० भन्दा बढी गीतमा उनले संगीत भरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ