समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

  शीतलपाटीन्युज डटकम | २२ चैत्र २०८२, आईतवार ०७:४५

शीतलपाटीन्युज डटकम।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२५–२०२७ कार्यकालका लागि विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ। संघको संस्थागत सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउन ११ वटा मुख्य विभाग र त्यस मातहतका समितिहरूको नेतृत्व चयन गरिएको हो।

संघले सार्वजनिक गरेको कार्यविभाजन अनुसार ‘फ्ल्यागसिप प्रोजेक्ट तथा रिब्रान्डिङ’विभागको प्रमुखमा अध्यक्ष डा.हेमराज शर्मालाई जिम्मेवारी दिइएको छ। संस्थाको पुनर्संरचना,सामाजिक साझेदारी र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने जिम्मेवारी यसै विभागलाई सुम्पिएको छ।

संघको व्यापार तथा लगानी विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन चयन भएका छन्। शेरचनले लगानी प्रवर्द्धन समितिको पनि नेतृत्व गर्नेछन्।परोपकार तथा मानवीय सहायता विभागको जिम्मेवारी रामशरण सिम्खडालाई दिइएको छ,जसमा एक एनसीसी एक परियोजना र मोबाइल ब्लड बस जस्ता महत्त्वपूर्ण कार्यक्रम समावेश छन्।

वैदेशिक रोजगार विभागको नेतृत्व खगेन्द्र नेपाली सम्हाल्नेछन्। यस विभागले वैदेशिक रोजगारीमा रहेका नेपालीको राहत,पुनःस्थापना र परामर्शको काम गर्नेछ।

यस्तै,संगठन तथा प्रशासन विभागको नेतृत्व महासचिव डा. चिरञ्जीवी खड्काले पाएका छन्। उनले संघको अनुगमन, मूल्याङ्कन,सञ्चार र अनुशासन सम्बन्धी कामको सुपरिवेक्षण गर्नेछन्।

आर्थिक स्थायित्व विभागको प्रमुखमा कोषाध्यक्ष कृष्ण तिमिल्सिना छन् ।

गैरआवासीय नेपालीहरूको हकहित र नागरिकता सम्बन्धी मुद्दा हेर्ने ‘वेलफेयर अफ एनआरएन’ विभागको नेतृत्व बुद्धि सुवेदीले पाएका छन्। यस्तै नेपाल प्रोमोसन विभागको नेतृत्व लोक दाहालले पाएका छन् ।

यसैगरी ज्ञान,सीप र प्रविधि विभागको जिम्मेवारी ज्ञानेन्द्र रेग्मीले पाउँदा महिला विभागको प्रमुखमा राधिका गुरुङ र अमृता थापा, युवा तथा दोस्रो पुस्ता सम्बन्धी विभागमा भीमसेन काजी थापा र नवीन निउरे रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ