समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

क्यान्सरबाट निधन भएकी विद्यार्थीको शव नेपाल पठाउन सहयोगका लागि अनुरोध

  शीतलपाटीन्युज डटकम | २२ चैत्र २०८२, आईतवार २१:०३

GNNNEWS
लन्डन – उच्च शिक्षाका लागि बेलायत आएकी २९ वर्षीय सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको छ। उनको पार्थिव शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन्।

साविक बाग्लुङ जिल्ला,हुग्दीसीर,बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती(हाल बसोबास रुद्रपुर,हरैया,रुपन्देही) सिर्जना भुजेल कोलोन- रेक्टल क्यान्सरका कारण गएको झन्डै एक वर्ष देखि उपचाररत थिइन्।गत राती उनको दुखद निधन भएको उनको स्याहार गर्दै आएका उनका श्रीमान कुमार भुजेलले बताए।

प्रेस्टनस्थित युनिभर्सिटी अफ लंकाशायरमा मास्टर्स तहमा अध्ययनरत सिर्जना क्यान्सर रोगबाट पीडित रहेको गत मे २०२५ मा पहिचान भएको थियो।त्यसबेला उनी ६ हप्ताकी गर्भवती थिइन्। तर केमोथेरापी तथा रेडीएशन जस्ता उपचार प्रविधि अपनाउनु परेका कारण चिकित्सकको सल्लाह अनुसार उनको गर्भपतन गर्नुपरेको थियो। परिवारमा एक पछि अर्को चोट परेको र परिवारको अनुरोध अनुसार सिर्जनाको शव नेपाल लैजान सक्दो सहयोग गर्न एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अनुरोध गरेका छन्।

“मर्दापर्दा सहयोग गर्ने नेपाली संस्कृति नै हो। यो दुखद अवस्थामा मानवीय आधारमा सक्दो सहयोग गरि दिन म सबै मित्रहरुलाई आग्रह गर्दछु,”उनले भने।

यो पेजमा गएर सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ।

https://www.justgiving.com/crowdfunding/purnabhadra-kandel-1?utm_medium=CF&utm_source=CL

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ