समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

संसदका २ समिति गठन,कुनमा को–को सदस्य?

  शीतलपाटीन्युज डटकम | २३ चैत्र २०८२, सोमबार २०:१३

शीतलपाटीन्युज डटकम।
काठमाडौं। प्रतिनिधिसभाले दुई समिति गठन गरेको छ । सोमबार प्रतिनिधिसभाले कार्यव्यवस्था परामर्श समिति र सभाको सञ्चालन नियमावलीको मस्यौदा समिति गठन गरेको हो ।

सभामुख डीपी अर्यालले समिति सदस्यको नाम वाचन गरेर सभालाई जानकारी गराएका थिए । जसअनुसार सभामुखको अध्यक्षतामा रहने सदस्यीय कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य मनोनीत गरिएको छ ।

जसअनुसार अचुतम लामिछाने,अप्साना बानु,आरएन राई, केपी खनाल,कामिनी चौधरी,क्रान्तिशिखा धिताल,खुश्बु ओली, गणेशसिंह ठगुन्ना,गुरुप्रसाद बराल,गंगालक्ष्मी अवाल,तपेश्वर यादव,देवराज पाठक,नरेन्द्रकुमार केरुङ,प्रकाशचन्द्र परियार,निशा डाँगी,बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव,युवराज दुलाल,राजन गौतम,डा.राम लामा र विपिनकुमार आचार्य छन् ।

यस्तै बैठकले रास्वपाका गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय सभा सञ्चालन नियमावलीको मस्यौदा समिति गठन गरेको छ। जसमा डा.ओजश्वी शेरचन,ऐन महर,खुस्बु ओली,खगेन्द्र सुनार,गजलासमिम मिश्रानी,तपेश्वर यादव,ध्रुवराज राई,निशा डाँगी,निश्कल राई,बलावती शर्मा,मधु चौलागाई,रेखा कुमारी यादव,यज्ञमणि न्यौपाने र सुलभ खरेल सदस्य छन् ।

सभा सञ्चालन नियमावलीको मस्यौदा समितिको कार्यअवधि १४ दिनको हुनेछ।
(सुत्र न्युज)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ