समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

एनआरएनएको कल्याण विभाग प्रमुखमा मनकारी उपाध्यक्ष रोजिना प्रधान राई नियुक्त

  शीतलपाटीन्युज डटकम | २४ चैत्र २०८२, मंगलवार ०८:१५

शीतलपाटीन्युज डटकम।
काठमाडौं। गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले २०२५–२०२७ कार्यकालका लागि मनकारी उपाध्यक्ष रोजिना प्रधान राईलाई एनआरएनहरूको कल्याण विभागको प्रमुख पदमा नियुक्त गरेको छ। उक्त निर्णय हालै सम्पन्न आईसीसी बैठकबाट अनुमोदन गरिएको हो।

नयाँ जिम्मेवारीसँगै मनकारी उपाध्यक्ष राईले विदेशमा बसोबास गर्ने नेपालीहरूको हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ। प्राप्त यो जिम्मेवारी मार्फत उहाले विश्वभर रहेका नेपाली डायस्पोरालाई सहयोग पुग्नेगरी विभिन्न कल्याणसम्बन्धी मुद्दाहरू समाधान गर्न पहल गर्ने अपेक्षा गरिएको छ।

उहाको नेतृत्वमा विभागले नेपाली नागरिकताको निरन्तरता, गोर्खा सैनिक तथा तिनका परिवारको कल्याण,नेपाली मूलका व्यक्तिहरूको हित संरक्षण तथा एनआरएनहरूका लागि कानुनी र प्रशासनिक सहयोग प्रणाली विकास जस्ता क्षेत्रमा विशेष ध्यान दिनेछ।

नियुक्तिपछि प्रतिक्रिया दिँदै मनकारी राईले NRNA नेतृत्वप्रति आभार प्रकट गर्दै विश्वभरका एनआरएन समुदाय,क्षेत्रीय संयोजकहरू तथा सरोकारवालाहरूसँग सहकार्य गरेर विदेशमा रहेका नेपालीहरूको आवाजलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयको थियो।
उहाले “नेपालीका लागि,नेपालीद्वारा” भन्ने साझा दृष्टिकोणलाई अघि बढाउँदै संगठनको उद्देश्य प्राप्तिमा सक्रिय भूमिका खेल्ने प्रतिबध्दता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ