समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

काठमाडौँको पिंगलास्थानमा प्रहरीको गोली चल्यो,एक किलो ब्राउन सुगरसहित कारोबारी पक्राउ

  शीतलपाटीन्युज डटकम | २४ चैत्र २०८२, मंगलवार ०९:२२

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। लागुऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौँका पिंगलास्थानमा गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ। गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताएका छन। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ। घटनास्थलबाट प्रहरीले अर्का एकजना कारोबारीलाई पनि पक्राउ गरेको छ।

गएराति लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली गौशाला पुगेका थिए। प्रहरीसँग जम्काभेट भएपछि पक्राउ गर्न खोज्दा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको बताइएको छ। एसपी रेग्मी भन्छन्,‘पिंगलास्थानमा पुगेपछि गोली प्रहार गरेर आरोपी पक्राउ गर्न सफल भयौं।’

आरोपीहरुको साथबाट प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ। पासवानको घुँडामुनी गोली लागेको छ । घटनास्थलमा प्रहरीले दुई राउण्ड गोली चलाएको थियो।
(रातोपाटी न्युज)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ