समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

गोदावरी फूल मेला तथा प्रदर्शनी सुरु

  शीतलपाटीन्युज डटकम | ३ कार्तिक २०७९, बिहीबार १८:२२

काठमाडौँ – एसोसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा गोदावरी फूल मेला तथा प्रदर्शनी आज बिहीबारबाट सुरु भएको छ ।

ललितपुरको जावलाखेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ मनाइदैछ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए । फूल व्यवसायको व्यावसायिक विस्तार तथा प्रवर्द्धनका लागि बर्सेनि मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कटफ्लावर प्रजाति रहेका छन् । प्रदर्शनीमा व्यावसायिक स्टल ४९,

प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी जम्मा ५५ वर्शनीटा प्रद कक्ष रहेकाे जनाइएकाे छ।

उक्त मेला आउँदो आइतबारसम्म चल्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ