शीतलपाटीन्युज डटकम।
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मौजुदा मन्त्रिपरिषद् सदस्यको कार्यविभाजन हेरफेर गरेका छन्। श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बर्खास्त गरेपछि प्रधानमन्त्री बालेनले कार्यविभाजन हेरफेर गरेका हुन्।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको सिफारिसमा देहाय बमोजिम कार्यविभाजन गरी हेरफेर गर्नुभएको छ,’बिहीबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।
साहलाई बर्खास्त गरेपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँले हेर्नेगरी कार्यविभाजन गरेका प्रधानमन्त्री बालेनले बाँकी मन्त्रीहरुलाई पूर्ववत् जिम्मेवारी नै दिइएको छ।
साभार- सुत्र न्युज

प्रतिक्रिया