शीतलपाटीन्युज डटकम।
पोखरा। पाल्पाली समाज पोखराको २३ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ। पाल्पा हाउसमा भएको कार्यक्रममा नयाँ वर्ष–२०८३ को शुभकामनासहित समाजले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको थियो।।

समाजका संस्थापक सचिव लोकनाथ काफ्ले प्रमुख अतिथि रही उद्घाटन गरिएको सो कार्यक्रम समाजका अध्यक्ष श्रीधर पराजुलीको अध्यछतामा भयको थियो भने समाजका सचिब पदम पोखरेलले संचालन गर्नु भयको थियो। २०५१ मंसिर १२ गते विधिवत् दर्ता भएको यो पाल्पाली समाज पोखराको २३ औं वार्षिक साधारणसभा क्यालेण्डर विमोचन गर्दै भब्य सम्पन्न भयको थियो। हिजो समाजको परिकल्पना गर्दाका समयमा समाजले चउरमा विभिन्न कार्यक्रम गर्दै आएको र हरेक कार्यक्रम सफल पार्दै सुखदुःखमा साथ दिँदै मिलेर अघि बढेको थियो। संस्थाको कार्यालय नहुँदा बाकस समेत राख्न नपाएको अवस्थामा पाल्पाली अग्रज व्यक्तित्व चिरञ्जीवी श्रेष्ठले संचालन गरेको होटल प्यालेसमा धेरैपल्ट संस्थाको मिटिङ बसेको स्मरण गरियको थियो।

कार्यक्रममा संबोधन गर्दै अर्घाखाँची–पोखरा सम्पर्क समाजका अध्यक्ष रामप्रसाद पौडेलले अर्घाखाँचीवासी र पाल्पालीबीच सहकार्य रहेको र आगामी दिनमा पनि सहकार्य रहीरहने बताउनु भयो। त्यस्तै गुल्मेली समाज पोखराका वरिष्ठ उपाध्यक्ष रूक्मागत पोखरेलले आफूहरुले पाल्पाली समाजसँग सहकार्य गर्दै आएको बताउनु भयो। पोखरेलले संबोधन गर्दै ब्यवसायीक कार्यमा ठूला कुरा गर्नुभन्दा सुखदुःखमा साथ दिन समाजको आवश्यकता रहेकोमा जोड दिनु भयको थियो।

संबोधनका क्रममा समाजका पूर्व अध्यक्ष,संरक्षक एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समाजको पहलमा सहकारी स्थापना भएको बताउनु भयो। समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार जगदीश गौतमले आफ्नो पालामा क्यालेन्डर प्रकाशन सुरुआत भएको स्मरण गर्दै संस्थाले निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नु भयको थियो। पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले समाजको गतिविधिमा सबैजना मिलेर अघि बढ्नुपर्ने बताउनु भयको थियो।

साथै पूर्व अध्यक्ष एवं सल्लाहकार तथा पाल्पा हाउसका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरेले समाजले पोखराको लेकसाइडमा डिजिटल बोर्डसमेत संचालन गर्न पाल्पाका सबै पालिकाले सहयोग गरेकोमा धन्यबाद दिदै तानसेन नगरपालिकाले हरेक वर्ष सहयोग गर्दै आएको कुरा सुनाउनु भयको थियो।

समाजका सल्लाहकार एवं पूर्व प्राध्यापक जनपुकार मुननकमीले काठमाडौंको पाल्पाली संगम,तानसेन गुठीसमेतको उदाहरण दिँदै समाजलाई जीवन्त राख्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिनु भयको थियो। समाजमा बार्षिक अधिबेशन हुदा सबैलाई खोज्ने पनि बानी गर्न सल्लाहादिनु भयो। समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार तथा पाल्पा कोलनीका अध्यक्ष रेशम रजक थापाले शुभकामना मन्तव्यसहित मुक्तक प्रस्तुत गर्नु भयको थियो।
कार्यक्रममा संस्थापक कोषाध्यक्ष शोभाकान्त न्यौपाने,पाल्पाली समाज युकेका पूर्व अध्यक्ष एवम पूर्व डिएसपी वाचस्पती रेग्मी,क्यालेण्डर प्रकाशन उपसमिति संयोजक धनबहादुर झेंडीले पनि समाजका उल्लेखनिय प्रगतिका बारेमा धारणा राख्नु भयको थियो। क्यालेण्डर प्रकाशन उपसमितिमा सदस्यहरुमा केशव नेपाल र कृष्णप्रसाद मिश्र पनि सहभागी रहनु भयको थियो।
समाजका अध्यक्ष पराजुलीको अध्यक्षता भयको सो कार्यक्रममा अध्यक्ष पराजुलीले आफ्नो पहिलो वर्षे कार्यकालमा भए गरेका गतिविधि समेटिएको अध्यक्षको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष गिरिराज पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो। यसैबीच,रिक्त रहेको कोषाध्यछको पदमा साधारणसभाले कार्यवाहक कोषाध्यक्ष पोखरेललाई कोषाध्यक्षमाचयन गर्ने निर्णय गरेको थियो।
समाजका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशव नेपालले स्वागत मन्तब्यराख्नु भयको थियो। सो अवसरमा समाजकी कार्यसमिति सदस्य एवं गायिका सीमादेवी सारु,सदस्य एवं गायिका वसन्ती थापाले गायन प्रस्तुत गर्नु भयको थियो भने अपेक्षा पोखरेलले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन।
कार्यक्रममा सल्लाहकार चन्द्रकान्त रेग्मी,सल्लाहकार डा.यज्ञमान शाक्य,सल्ल्लाहकार रेनुका बज्राचार्य लगायत समाजका पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति थियो।
प्रतिक्रिया