समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

नेपालीमूलका सतिश चापागाई अमेरिकी राज्यसभाको उम्मेदवार

  शीतलपाटीन्युज डटकम | २९ चैत्र २०८२, आईतवार ०९:२४

शीतलपाटीन्युज डटकम।
अमेरिका। पत्रकारिता,सामाजिक अभियान र राजनीतिमा सक्रिय नेपालीमूलका सतिश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स (राज्यसभा सदस्य) का लागि चुनावी अभियानमा होमिएका छन्।

मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका केन्द्रित सदस्य समेत रहेका चापागाईले मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट हाउस अफ डेलिगेट्स बन्नका लागि चुनावी अभियान अघि बढाएका हुन्। गत महिनानैं उम्मेद्वारी दर्ता गराइ अहिले चुनावी प्रचार प्रसारमा चापागाई सक्रिय भएका छन्।

मेरिल्याण्डमा नेपालीसहित आप्रवासीहरुको बसोबास उल्लेख्य मात्रामा रहेको छ। लामो समयदेखि मेरिल्याण्डको बाल्टिमोरमा बस्दै आएका चापागाई नेपाली सम्बद्ध स्थानीय संघसंस्था र अभियानमा पनि निरन्तर सक्रिय रहेका छन्।

वाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका पूर्वउपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ,अमेरिकाका सल्लाहकार तथा पूर्वमिडिया संयोजक चापागाई नेपाली समुदायका साथै वाल्टिमोरको आप्रवासी समुदायमा पनि परिचित छन्। पार्टी केन्द्रीय सदस्यको हिसाबले र सामाजिक अभियन्ताको रुपमा चापागाई निरन्तर सक्रिय रहेका छन्।

चापागाईले आफ्नो उम्मेद्वारीलाई सबै नेपालीले आफ्नो समुदायको उम्मेद्वारीको रूपमा लिन आग्रह गरे। उनले आफ्नो उम्मेद्वारी सबै नेपालीका सन्ततीहरुका लागि प्रवेशद्धारको रुपमा रहेको बताए।

चापागाईको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राईमरीमा २ सिटका लागि ४ जनाको उम्मेद्वारी परेको छ। उनले डेमोक्रेटिक पार्टीभित्र प्राइमरी लड्न लागेका हुन्। चापागाईसँगै लिडिया ब्राउन, टम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन्।

चापागाई अहिले सोही डिष्ट्रिकबाट उक्त पार्टीको केन्द्रीय सदस्य छन्। चार वर्ष अगाडि चापागाईले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रीय सदस्य पदमा विजय हासिल गरेका थिए। आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यहि जुन २३ मा प्राइमरी निर्वाचन हुँदैछ।

‘पार्टीकै साथीहरुको सल्लाह,सुझाव र सहयोगबाट मैले उम्मेद्वारी दर्ता गराएको छु’चापागाईले भने। प्राइमरीका लागि आगामी जुन २३ गते निर्वाचन हुँदैछ। प्राइमरीमा निर्वाचन जिते भने चापागाईले रिपब्लिकन उमेद्वारसंग नोभेम्बरमा पुनःलड्नुपर्ने छ। पछिल्लो मतगणना अनुसार ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिस बसोबास गर्दछ। प्रतिशतका आधारमा यो क्षेत्रमा ४४.९ प्रतिशत रिपब्लिकन,३४.७ प्रतिशत डेमोक्र्याटिक र १८.९ इन्डिपेन्डेन्ट मतदाता रहेका छन्।

२००८देखि बाल्टिमोरमा बस्दै आएका चापागाई नेपालमा रहँदा १२ वर्षे आफ्नो पेशागत पत्रकारिता जीवनमा विभिन्न सञ्चार माध्यमहरुको काम गरेका थिए। पत्रकारिताकै दौरानमा प्रशिक्षकदेखि नेपाल प्रेस युनियनको पाल्पा जिल्ला सभापति र केन्द्रीय उपाध्यक्ष समेत भएका थिए।

नेपाल अमेरिका पत्रकार संघ नेजाका हाल विधान समितिका संयोजक समेत रहेका चापागाई साहित्य क्षेत्रमा पनि संलग्न देखिन्छन्,उनले रचना गरेका गीतहरु निकै लोकप्रिय रहेका छन्। श्रीमती र दुई छोरीका साथ बाल्टिमोरमा बस्दै आएका उनी व्यवसायी समेत हुन्।
(मध्यान्हबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ