समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै बर्न्ट ओक नेपाली समाजको कार्यक्रम

  शीतलपाटीन्युज डटकम | २९ चैत्र २०८२, आईतवार २१:०८

GNNNEWS-
लन्डन – बर्न्ट ओक नेपाली समाजले एक रमाइलो कार्यक्रम आयोजना गरी नयाँ वर्ष वि सं २०८३ लाई स्वागत गरेको छ। बर्न्ट ओकस्थित साझा घर (सामुदायिक गृह) मा शनिबार बेलुका योजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष खमिरजंग गुरुङले सबैलाई स्वागत गरे। उनले नयाँवर्ष समाजका सदस्यहरु लगायत सम्पूर्ण नेपाली समुदायका लागि शुभ होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

संगीत निर्देशक केयर जंग गुरुङको संयोजनमा गाउँलेहरु ब्यान्ड, अनमोल र आध्या (युगल प्रस्तुति),आवर(पियानोमा),क्याथी र काव्या,ओजल,शेष,प्रसन्न,मोनी,रूपक लगायतका कलाकारले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै,मोनी र तपस्या,परमिता तथा आध्या,नाओमी र आयेशा सहितको समूहले नृत्य प्रस्तुत गरेका थिए। समाजका अध्यक्ष खमिरजंग गुरुङले स्वागत तथा अन्य गीतहरु सुनाएका थिए।

समाजका उपाध्यक्ष मुरारी थापाले कार्यक्रम सफल पार्न खट्ने समाजका पदाधिकारीहरु,स्वयम्सेवी,कलाकार तथा सबै सहभागीहरुलाई धन्यवाद दिए।

कार्यक्रमको सञ्चालन सुधीर गौतमले गरेका थिए भने रुपक पन्तले लोकप्रिय गीतहरु गाउँदै सहभागीहरुलाई नचाएका थिए। सांस्कृतिक कार्यक्रमपछि रात्रि भोजका साथै राफल ड्र गरिएको थियो।

सन् २००४ मा स्थापित समाजले दशैं,तिहार,तीज,लोसार,नयाँ वर्ष लगायतका अवसरमा कार्यक्रमहरु आयोजना गर्नुका साथै आफ्ना सदस्यहरुको वृत्तिविकास,स्वास्थ्य र सुरक्षाको बारेमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ