पोखरा,२९,चैत्र।
पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
माल्भर्न कलेज यू.के.का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका थिए। मेजर कृष्ण बहादुर गुरुङ र हितमान गुरुङको संयोजकत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।
विज्ञान प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेकाले शिक्षण सिकाइ क्रियाकलाप झन् चुनौतिपूर्ण बन्दै गएकाले शिक्षकहरूलाई यस्ता पुनर्ताजगीका कार्यक्रम आवश्यक परेको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । माल्भर्न कलेजसँग छिट्टै सहकार्य गरेर अगाडि बढ्ने कुरा समेत अध्यक्ष पालिखेले जानकारी गराउनुभयो।
निजी तथा सामुदायिक दुवै विद्यालयका शिक्षकहरूमा अंग्रेजी सिकाइ र शिक्षण स्तरलाई माथि उकास्न निरन्तर प्रयासरत रहेको कुरा संयोजक मेजर कृष्ण बहादुर गुरुङले बताउनु भएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो।
प्रतिक्रिया