समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

नेपाली नयाबर्ष भब्य मनाईयो

  शीतलपाटीन्युज डटकम | ७ बैशाख २०८३, सोमबार १८:०१

कोमल मल्ल,
१८ अप्रिल।
लन्डन। बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सदूरपश्चिम नेपाली समाज यूके द्वारा नेपाली नयॅा वर्ष २०८३ सालको शुभकामना उत्सव संयुक्त आयोजना गरी उत्साहपूर्ण मनाइयो।

साउथह्यारो स्थित गोल्डेनसिप रेस्टुरामा आयोजित समारोहलाई संबोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा साहित्य संस्कृति जस्ता मूलभूत कुराहरूलाई संरक्षण र संबर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूकेले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय छन् भन्नु हुदै सुन्दर सुदूर पश्चिम नेपाली समाज यूकेका नव निर्वाचित पदाधिकारिहरुको सफल कार्यकालको लागी शुभकामना व्यक्त गर्नु भयो।

समारोहमा ब्रिगेडिएर जनरल अनुप शाहले नयॅा वर्ष २०८३ सालको शुभकामना ज्ञापन र सुन्दर सुदूर पश्चिम नेपाली समाज यूके को नयॅा कार्यसमितिलाई बधाई मन्तव्य दिनहुदै बेलायतमा नेपाली भाषा साहित्य कला जस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न नेपाली साहित्य विकास परिषद् यूके र सुदूरपश्चिम नेपाली समाज यूके ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।

सभापतिको आसनबाट बोल्नु हुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेसंग मिलेर हाम्रो नेपाली पहिचान बोकेको नयाँ वर्ष कार्यक्रम मनाएर हामीले हाम्रो गाउँ घर चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भन्नु भयो।


त्यसैगरी सुदूर पश्चिम नेपाली समाज यूकेका पूर्व अध्यक्ष खेमराज जोशीले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद् र सुदूर पश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम गरेर नेपाली कला,भाषा,साहित्य र संस्कृतीको विकासमा लागिपरेको कुरा व्यक्त गर्नु भयो।

Screenshot

सुदूर पश्चिम नेपाली समाज यूकेका नव निर्वाचित अध्यक्ष पदम रावलले विदेशमा सुदूर पश्चिम नेपाली समाज यूकेले आफ्नो स्थापनाकाल देखि नै नेपाली नेपाली गीतसङ्गीत,संस्कृति र भाईचारा समृद्ध गर्नुका साथै परिआउँदा आर्थिक सहयोग गर्नेगरेको चर्चा गर्नु भयो।

Screenshot

यस अघि स्वागत मन्तव्य राख्नु हुँदै संथाका महासचिव योगेस महतले बेलायतमा नेपाली भाषा साहित्य,संस्कृतिको संरक्षण र संबर्धन गर्नमा नेपाली साहित्य विकास परिषद् यूके ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको चर्चा गर्नुभयो।

Screenshot

स्वागत सम्मान,कविता वाचन र देउडा गीत सङ्गीतको समेतको संयोजन रहेको उक्त नयाँवर्ष उत्सव समारोहममा ध्रुव केसी,घनबहादुर थापा मगर,डा.सुधा श्रेष्ठ,मनोज अन्जान,वासु सापकोटाका,वसन्त रायक्षेत्री,हरिसिंह थापा,सुषमा भट्टराई र कोमल मल्ल लगातबाट कविता वाचन गरिका थिए भने कल्पना जोशीले देउडा,रविद्र पाण्डेले नृत्य र योगेस महतले गीत गाएका थिए।

Screenshot

यसअधि समारोहमा सुन्दर सुदूर पश्चिम नेपाली समाज यूके का नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा आजीवन सदस्यहरुलाई महामहिम कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीबाट पदाधिकारी प्रमाण पत्र र आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। यस अघि भान बहादुर चन्दले संस्थाको आर्थिक वासलात,महासचिव योगेस महतले प्रगति विवरण र श्याम चन्दले नॅया कार्य समितिको घोषणा गरेका थिए। नवनिर्वाचित कार्य समितिमा पदम रावल अध्यक्ष,श्रीमती सुनीता ढुंगाना र श्रीमती शैली चन्द राणा, महासचिव श्रीमती सुषमा पौडेल,सचिव रविन्द्र पाण्डे,कोषाध्यक्ष सुजन्तजंग शाह रहेका छन् भने कार्यकारिणी सदस्यहरुमा बिष्णु भट्ट,दीपा रावल कुवर,आयुष चन्द,बबि बोहरा,कल्पना जोशी रहेकाछन्। यसैगरी सल्लाहकारहरुमा डा.श्यामचन्द,कोमलप्रसाद श्रेष्ठ मल्ल,डा. जीव आचार्य,डा.खेम जोशी,सुरेन्द्र ढुंगाना,भानबहादुर चन्द, बासु जोशी,खेमराज जोशी,योगेस महत र बिष्णु त्रिपाठी रहेकाछन् ।
कार्यक्रमको अन्तमा रमाइलो जलपान र नयाँवर्षको हार्दिक्ता आदान प्रदान गरिएको थियो।
सभापतिको आसनबाट जलपान तर्फ सहयोग र सहभागिताका लागि आभार प्रकट गर्नुहुँदै अध्यक्ष कोमल प्रसाद श्रेष्ठमल्लले उपस्थीत सहभागी सबै अतिथिमा धन्यबाद अर्पण गर्नु भयो।
कार्यक्रममा डा.जनककुमारी धिताल,वरिष्ठ सहअध्यक्ष ध्रुव केसी,डा.सुधा श्रेष्ठ,मदन थापा,बसऱ्ऱ्न्तराय क्षेत्री,मनोज अन्जान,कोहिनूर मल्ल,राजेन्द्र श्रेष्ठ,सीतु खरेल,प्रार्थना शाह,आरती श्रेष्ठ,स श्रेष्ट,श्याम चन्द,सुरेन्द्र ढुंगाना लगायतको उत्साहवर्दक सहभागीता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ