समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

स्कटल्यान्ड र प्रेस्टनमा नेपाली दूतावास लण्डनले राहदानी तथा कन्सुलर सेवा शिविर सञ्चालन गर्दै

  शीतलपाटीन्युज डटकम | १३ बैशाख २०८३, आईतवार १७:१२

शीतलपाटौन्युज डटकम।
बेलायत। लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्ड र प्रेस्टन क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूको सहजताका लागि राहदानी तथा कन्सुलर सेवा सम्बन्धी विशेष घुम्ती शिविर आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ स्कटल्यान्ड र नेपाली समाज प्रेस्टनको आपसी समन्वयमा आगामी मे ३ र ४ तारिखमा यो शिविर सञ्चालन हुन लागेको दूतावासले जनाएको छ।

तालिका अनुसार मे ३ तारिखका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म प्रेस्टनमा शिविर सञ्चालन हुनेछ। यसबाट प्रेस्टनका साथै म्यानचेस्टर,लिभरपुल,कार्लिस र बोल्टन लगायतका नजिकैका क्षेत्रमा बस्ने नेपालीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। उक्त क्षेत्रका लागि हरिकृष्ण कार्कीलाई स्थानीय सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको दूतावासले जनाएको छ। त्यस्तै,मे ४ तारिखका दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म स्कटल्यान्डमा शिविर आयोजना गरिनेछ। स्कटल्यान्डमा सेवा लिन चाहनेहरूका लागि शेरबहादुर केसी,सागर भण्डारी, काशीराम भण्डारी,माधव भण्डारी,पदम खरेल र हरि खत्रीलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ।

यस घुम्ती शिविरमार्फत राहदानी नवीकरण,अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सुविधाहरू प्रदान गरिनेछ। विशेषगरी मे २०२५ सम्म म्याद भएका राहदानीहरूको यसै शिविरबाट नवीकरण गर्न सकिने जानकारी दिइएको छ। विद्युतीय राहदानी नवीकरणका लागि सेवाग्राहीले अनलाइन फाराम,सक्कल नेपाली नागरिकता,पुरानो राहदानी र अन्य आवश्यक सहायक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासले बताएकाे छ।

राहदानी शुल्कका हकमा ३४ पृष्ठको राहदानी नवीकरणका लागि ११० पाउन्ड, राहदानी हराएको अवस्थामा २२० पाउन्ड र १० वर्ष मुनिका बालबालिकाको हकमा ५५ पाउन्ड तोकिएको छ। यसैगरी, अधिकृत वारेसनामाका लागि सेवाको प्रकृति हेरेर ५ देखि ३५ पाउन्डसम्म र कागजात प्रमाणीकरणका लागि प्रति कागजात ४० पाउन्ड शुल्क लाग्ने बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ