समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

हेल्प नेपाल नेटवर्कको सहयोगार्थ लन्डन म्याराथनमा दौडिए सचिन र हरिहर

  शीतलपाटीन्युज डटकम | १५ बैशाख २०८३, मंगलवार २०:०९

GNNNEWS-
लन्डन – नेपालमा शिक्षा,स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको सहयोगार्थ नेटवर्कका अध्यक्ष सचिन श्रेष्ठ तथा हरिहर उपाध्याय लन्डन म्याराथनमा दौडिएका छन्।

आइतबार (२६ अप्रिल) लन्डनमा आयोजित म्याराथन दुवै जनाले सफलतापूर्वक पुरा गरेका छन्।

हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरिरहेको बाल गृह तथा मुगु मुर्मामा संचालन गरिरहेको हेल्थ पोस्टको सहयोगार्थ आफूले म्याराथनमा भाग लिएको श्रेष्ठले बताए। त्यस्तै ६६ वर्षीय हरिहर उपाध्यायले आफुले संकलन गरेको रकम धुलिखेलस्थित बाल गृहको लागि पठाउने जनाए।

सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखा छन् भने नेपालमा केन्द्रीय कार्यालय छ।

‘मातृभूमिका लागि महिनामा एक पाउण्ड/एक डलर’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्कको स्थापना गरिएको थियो।

नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा कमजोर आर्थिक पृष्ठभूमिका २३ जना बालिका पठनपाठन गरिरहेका छन्।

सन् २०१५ को महाभूकम्प,जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी,पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पुर्‍याउँदै आएको छ।

यी लिंकहरुमा गएर सक्दो सहयोग गर्न नेटवर्कले आग्रह गरेको छ।

https://www.justgiving.com/page/sachin-london-marathon-2026?fbclid=IwY2xjawQxs0FleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeCenVn0YgvfeWp7V0VLlX5JYulsjeUgmLdEkbLFiLDE8RbemjY_9VNB44JFI_aem_0cPlE6Y5ZqRdqRkKCc674w

https://www.justgiving.com/page/henn-uk-marathon-2026

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ