समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

७ जुनमा आशफोर्डमा “गोर्खा वाक”आयोजना गरिंदै

  शीतलपाटीन्युज डटकम | १६ बैशाख २०८३, बुधबार ०५:०१

GNNNEWS:
लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्न लागिएको छ। गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २,००० जनाको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन्।

फाउन्डेशनका संस्थापक अध्यक्ष भिम तुम्वाहाम्फेले वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको बताए।

“हाम्रा नानी छोराछोरीले इतिहास बिर्सदै गए। त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं। यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो,यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मदत पुग्ने हाम्रो अपेक्षा छ,”उनले भने।

अध्यक्ष तुम्वाहाम्फेका अनुसार पदयात्राको लागि २ ओटा रुट तय गरिएको छ। पहिलो रुट छ साढे ६ किलोमिटर लामो हुनेछ भने दोश्रो रुट १३ किमि “हामीले एक भीसी बराबर एक किलोमिटर राखेका हौँ,” उनले भने।

बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई मदत गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको गोर्खा पिस फाउन्डेशनले अहिले वर्षेनी नेपालका १६/१७ वटा स्कुलहरुलाई सहयोग गर्दै आएको छ। “हामीले नेपालमा विद्यालय भवन निर्माण, खानेपानी तथा शिक्षकको तलबमा पनि सहयोग गर्दै आएको छौं।

साथै,बेलायतमा आफ्नै जग्गा किनेर बहुउद्देश्यीय सभा कक्ष सहितको आफ्नै भवन बनाउने पनि हाम्रो योजना छ, ” अध्यक्ष तुम्वाहाम्फेले भने।

७ जुनमा आयोजना गर्न लागिएको गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत अन्य पुरष्कारको पनि व्यवस्था गरिएको छ। लन्डन र आशफोर्डमा कार्यालयहरु रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजकको रुपमा रहेको छ।

ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले ‘गोर्खा वाक’ लाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ