समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

तमुधि युकेका पुर्व अध्यक्ष एवम भूतपूर्व मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन

  शीतलपाटीन्युज डटकम | १८ बैशाख २०८३, शुक्रबार ११:१८

शीतलपाटीन्युज डटकम।
लन्डन। कास्कीको मादी गाउँपालिका वडा नं.१,खिलाङ पुर्खौली घर भई हाल बेलायतको फानबोरोमा बसोबास गर्दै आएका भूतपूर्व मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका गुरुङको अप्रिल २९ तारिखका दिन निधन भएको हो।

दिवंगत गुरुङ १/२ जीआरका पूर्व सैनिक हुनुका साथै तमु धीँ यूकेका पूर्व अध्यक्ष,हालका ट्रष्टी र खिलाङ समाज यूकेका प्रमुख सल्लाहकार समेत थिए। साथै,Sirmoor Raffles का पूर्व चियरमेन र नेपाल कपको पूर्व खेलाडी पनि हुन्।

समाजसेवामा सक्रिय उनको निधनले बेलायतस्थित नेपाली समुदाय र खिलाङबासीहरूमा गहिरो चोट पुगेको खिलाङ समाज यूकले बताएको छ। विभिन्न समाज र संस्थाले शोक वक्तव्य जारी गर्दै यस दुःखद घडीमा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मेजर गुरुङले समाजका लागि दिएको योगदानको स्मरण समेत गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ