समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी डेढ घण्टापछि पुनः सञ्चालनमा

  शीतलपाटीन्युज डटकम | २८ बैशाख २०८३, सोमबार ०९:०९

शीतलपाटीन्युज डटकम।
काठमाडौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि सोमबार बिहान केही समय बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।

इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको TK726 जहाज बिहान पौने ७ बजेतिर अवतरण गर्ने क्रममा दायाँपट्टिका पाङ्ग्रामा आगो देखिएपछि विमानस्थलमा आकस्मिक अवस्था घोषणा गरिएको थियो । घटनापछि करिब डेढ घण्टा उडान तथा अवतरण सेवा पूर्ण रूपमा रोकिएको थियो ।
विमानस्थल कार्यालयकाका अनुसार दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएपछि जहाजलाई रनवेबाट हटाएर पार्किङ क्षेत्रमा लगिएको छ। त्यसपछि बिहान सवा ८ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा आएको हो।

‘विमानस्थल बन्द हुँदा केही जहाज डाइभर्ट भएका थिए, अहिले ती विमानहरू पुनः काठमाडौँ अवतरण गर्ने क्रममा छन्,’ विमानस्थल कार्यालयका अधिकारी छवि ठकुल्लाले भने ।

घटनाका बेला जहाजमा चार जना बालबालिकासहित २७७ जना यात्रु सवार थिए। सबै यात्रुलाई इमर्जेन्सी ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको विमानस्थल कार्यालयले जनाएको छ। उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोटपटक लागेको छ।

आगलागीको कारण भने अझै खुलेको छैन । प्राविधिक टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

रनवे बन्द भएपछि बुद्ध एयरको एउटा जहाज सिमरा, श्री एयरलाइन्सको विमान विराटनगर, एयर इन्डियाको जहाज दिल्ली तथा फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको थियो ।

विमानस्थल सञ्चालनमा आएपछि ती सबै जहाज पुनः काठमाडौँ फर्किने क्रममा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ