समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

अमेरिकाको मेरील्याण्डमा पाल्पाली नेपाली मूलका पत्रकार सतीश चापागाईं चुनावी मैदानमा

  शीतलपाटीन्युज डटकम | ९ जेष्ठ २०८३, शनिबार ०८:२१

सुरेश कोइराला
Baltimore अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं स्थानीय राजनीतिमा सक्रिय रूपमा अघि बढेका छन्। उनी “हाउस अफ डेलिगेट्स” अन्तर्गत डिस्ट्रिक्ट 7A का लागि उम्मेदवार बनेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको चुनावी प्रचार सामग्रीमा चापागाईंले “Focus, Protect & Support” भन्ने नारासहित आफूलाई समुदायमुखी र काम गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

उनले आफ्नो प्राथमिकतामा “Affordable Maryland”, “Safe Communities” र “Strong Businesses” लाई राखेका छन्। प्रचार सामग्रीअनुसार चापागाईं हाल मेरील्याण्ड डेमोक्रेटिक पार्टी सेन्ट्रल कमिटीका निर्वाचित सदस्यसमेत हुन्।

त्यस्तै,उनी साना व्यवसायी,बाल्टिमोर काउन्टी पब्लिक स्कुलका दोभाषे,तथा विभिन्न सामुदायिक संस्थामा सक्रिय नेतृत्वकर्ता रहेको उल्लेख गरिएको छ। उनले श्रमिक परिवार,कमजोर समुदाय तथा सार्वजनिक सहभागिताको पक्षमा आवाज उठाउँदै आएको दाबी पनि गरेका छन्।

चापागाईं साहित्यिक क्षेत्रमा पनि सक्रिय रहेको बताइएको छ। प्रचार सामग्रीमा उनलाई सम्पादक,कवि तथा गीतकारका रूपमा परिचय दिइएको छ।

अमेरिकामा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीतिमा क्रमशः सक्रिय बन्दै गएको अवस्थामा सतीश चापागाईंको उम्मेदवारीलाई नेपाली समुदायले चासोका साथ हेरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ