सुरेश कोइराला,
चितवन।
जिल्ला प्रहरी कार्यालय चितवनले सात वर्षअघि कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफलता हासिल गरेको छ। प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि अपराध अनुसन्धान तथा फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाइएको क्रममा उक्त सफलता प्राप्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल मंसिर २३ गते खैरहनी नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका पन्चदेव महतोलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। लामो समयदेखि फरार रहेका महतोको खोजी कार्यलाई तीव्र बनाइएपछि प्रहरी टोलीले उनलाई बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया