समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

नेपाल मगर संघको अध्यक्षमा रक्षबहादुर रैका मगर विजयी

  शीतलपाटीन्युज डटकम | १२ जेष्ठ २०८३, मंगलवार ०९:२२

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। नेपाल मगर संघको अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन्। काठमाडौँमा सोमबार सम्पन्न १३औँ राष्ट्रिय महाधिवेशनबाट चार उम्मेदवारलाई पराजित गर्दै रक्षबहादुर १९६ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्।


महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए। निर्वाचित अध्यक्ष रक्षबहादुरका निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगर निर्विरोध चयन भएका थिए। समितिको उपाध्यक्षतर्फ महिलामा सीता राना मगर, खुलामा कविराज मगर र तेजबहादुर आले मगर,सांस्कृतिकतर्फ दीपसागर मगर,मगर ढूटतर्फ हर्क आले मगर,मगर खामतर्फ जीवन प्रवेश रोकाय मगर र मगर काइके तर्फ भीम मगर निर्वाचित भए।

महासचिवमा होमराज खपाङ्गी मगर,उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर,उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर,खगेन्द्र पुन मगर र हिरूसरा राना मगर निर्वाचित भएका छन्। सचिवमा बिष्णुबहादुर राना मगर,झबीन्द्र थापा मगर र तारामाया थापा मगर निर्वाचित भएका जनाइएको छ।

संघको कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएको कुरी निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्ती मगरले जानकारी दिए। महाधिवेशनबाट लेखा संयोजकमा योवन कुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएका छन्।

यसैगरी,सदस्यहरुमा जुनु पुन मगर,गिरमान गाहा मगर,रमेश पुन मगर,इन्द्र सारू मगर,रमेश थापा मगर,महेश राना मगर,तारा रैका मगर र लक्ष्मी मगर निर्वाचित भएको कुरा निर्वाचन समितीले जनाएको छन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ