समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

रश्मोर बरो काउनसिलको उपमेयरमा जीब बेलबासे नियुक्त

  शीतलपाटीन्युज डटकम | १३ जेष्ठ २०८३, बुधबार ०६:२३

शीतलपाटीन्युज डटकम।
लण्डन। रश्मोर बरो काउनसिल फार्नबरोमा सन २०२६/२०२७ को लागि नेपाल प्रहरीका पुर्व प्रहरी अधिकृत जीब नारायण बेलबासे उप मेयरमा नियुक्त भएका छन्। रश्मोर बरो काउन्सील फान्बोरोको बार्षिक बैठकको कार्यक्रमको एजेन्डा अनुसार नव नियुक्त मेयरले काउन्सीलर जीब नारायण बेलबासेलाई उपमेयरको प्रस्ताब ल्याए पछि उनी उपमेयरमा चयन भै स्वागत गर्दै बधाई दिइएको थियो।

समुदायको विकास,सेवा र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबध्दता ब्यक्त गर्दै मेयरको प्रस्तावमा कन्जरभेटिभ पार्टीको काउन्सिलरहरुले जिब बेलबासेलाई उपमेयरमा समर्थन जनाउदै बेलबासेको कार्यबिधि र योगदानको बारेमा कुरा राख्दै उपमेयरका लागि उपयुक्त उमेदवार भयको शिफारिश गर्दा काउन्सीलरहरु सबैबाट समर्थन भै उपमेयर चुनिनु भयको थियो।

उपस्थित अर्का नेपाली ब्रिटीष काउन्सिलर धन सार्कीले जिब बेल्बासेको बारेमा मन्तब्य राख्दै काम प्रति बफादारी,मेहनती मिलनसार ब्यक्ति पुर्व काउन्सिलर पनि रहेको र स्थानिय समुदायसंग सहकार्य गर्दै नेपाली समुदायमा बिभिन्न छेत्रमा योगदान पुराउदै आएको भनि आफ्नो मन्तब्य राखेका थिए।

काउन्सीलरबाट उपमेयर घोषणा कार्यक्रममा नेपाली समुदायबाट काउन्सिलर उत्तर गुरुङ,ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पुर्व अध्यक्ष राम चन्द्र गुरुङ र वहांको धर्म पत्नी,महा सचिव सुनिल राना र मिडिया सह सचिव गोमा राना,अमिता बेलबासे, एम्पायर हलका ब्यबसायी पुरन गिरी, मैया डंगोल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

अर्घाखाँचीको खिल्जीमा जन्मिएका बेल्वासे ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष समेत हुन्। त्यस्तै गरी बेलायतमा गैरआवासीय नेपाली संघ यूकेका पूर्व प्रवक्ता जीव बेल्वासे रशमोर बरोको उपमेयरमा नियुक्त भएका हुन्। उनी मई महिनाको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा मनोर पार्क वार्ड क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।

उप मेयर जीव बेल्वासे नेपालब्रिटेन डटकमद्वारा “चर्चित १० व्यक्ति” सूचीमा समावेश भै”मिडिया पर्सनालिटी अफ द इयर”अवार्डद्वारा सम्मानित थिय। साथै,उनलाई यस वर्ष बीबीसी ससेक्स र सर्रेले ‘बीबीसी कम्युनिटी हिरो अवार्ड’ बाट पनि सम्मानित गरेको थियो। बीबीसीले हरेक वर्ष सामाजिक कार्यमा सक्रिय व्यक्तिमध्ये एक जनालाई यो सम्मान प्रदान गर्दै आएको छ। स्थानीय काउन्सिलको सिफारिसका आधारमा समाजप्रति पुर्‍याएको योगदानको मूल्यांकन गरेर उक्त अवार्ड दिइने गरिन्छ।

नव नियुक्त उपमेयर बेलबासेले आफुलाई विस्वास गरि यो पद दिएकोमा निरन्तर काम गर्ने प्रतिबद्दता जनाउंदै समर्थनका लागि पनि आफु र परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नु भयको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ