समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

१६ वर्षे पेन्सनको प्रस्ताव: प्रहरी कर्मचारीमा उत्साह,संगठन प्रमुख कार्कीको ऐतिहासिक पहल

  शीतलपाटीन्युज डटकम | १४ जेष्ठ २०८३, बिहीबार ०६:१६

शीतलपाटीन्युज डटकम।
काठमाडौं – नेपाल प्रहरीका तमाम कर्मचारीहरूको लामो समयदेखिको प्रतिक्षा र न्यायोचित मागलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले १६ वर्षे निवृत्तिभरण (पेन्सन) को नीतिगत,कानुनी तथा संगठनात्मक सुधारको प्रस्ताव अघि बढाउनुभएको छ। संगठनको यो कदमले सिंगो प्रहरी परिवारमा खुसीयाली छाएको छ।

नेतृत्वको अभिभावकीय भूमिका-

प्रहरी महानिरीक्षक कार्कीको यो निर्णयलाई राष्ट्रसेवक प्रहरी कर्मचारीहरूले ‘ऐतिहासिक र उदाहरणीय’ कार्यका रूपमा लिएका छन्। अहोरात्र खटिने प्रहरी कर्मचारीहरूको मर्म र भावनालाई आत्मसाथ गर्दै संगठन प्रमुखले देखाउनुभएको यो तत्परताले उहाँको कमाण्डसिप र अभिभावकत्वको उच्च प्रशंसा भइरहेको छ। कर्मचारीहरूले उहाँलाई एक ‘काबिल’ नेतृत्वको संज्ञा दिँदै संगठनको हितमा निर्भीक निर्णय लिन सक्ने दूरदर्शी प्रमुखको रूपमा सम्मान व्यक्त गरेका छन्।

उच्च मनोबल र थप ऊर्जा-

१६ वर्षे पेन्सनको यो प्रक्रिया अगाडि बढेसँगै देश र जनताको सेवामा समर्पित प्रहरी जवानदेखि अधिकृतसम्मको मनोबल उच्च भएको छ। यो सुधारले प्रहरी कर्मचारीको भविष्यमाथि विश्वास बढाउनुका साथै सेवाप्रति थप उत्प्रेरित गर्ने विश्वास लिइएको छ। कर्मचारीहरूले लामो समयदेखिको यो मागलाई आईजिपी ज्यूले गम्भीरतापूर्वक लिएकोमा हार्दिक आभारसमेत व्यक्त गरेका छन्।

अबको अपेक्षा-

नयाँ सरकारसँग प्रहरी कर्मचारीहरूले यो प्रस्तावलाई अविलम्ब स्वीकृत गरी कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन्। राष्ट्रसेवकहरूको त्याग,समर्पण र कठिन कार्यक्षेत्रको मूल्याङ्कन गर्दै सरकारले यसलाई छिटोभन्दा छिटो मूर्तरूप दिनेछ भन्नेमा प्रहरी परिवार पूर्ण विश्वस्त छ।

यो सुधारले नेपाल प्रहरीको संगठनात्मक संरचनालाई थप मजबुत र समयानुकूल बनाउने अपेक्षा गरिएको छ।

#NepalPolice #PoliceReform #16YearsPension #DanBahadurKarki #NepalGovernment #Motivation #PublicService #NationalDuty #AMGTimes #NepalNews #PoliceWelfare #amgtimes #nepalpolice
(AMG Times)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ