समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

नुवाकोटको गुर्जेभञ्ज्याङमा विद्युतीय कार दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते

  शीतलपाटीन्युज डटकम | १५ जेष्ठ २०८३, शुक्रबार ०८:३२

शीतलपाटीन्युज डटकम।
नुवाकाेट। छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङमा बिहीबार साँझ एक गुडिरहेको विद्युतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार बा.ई. ०५६९ नम्बरको उक्त सवारी साधन सडकबाट करिब १५० मिटर तल खसेको थियो। जङ्गल क्षेत्र र अँध्यारो अवस्थाको प्रतिकूलताका बाबजुद स्थानीयवासीको सक्रिय सहयोगमा प्रहरीले शीघ्र उद्धार गरी घाइतेहरूलाई तत्कालै उपचारका लागि काठमाडौँ पठाएको थियो।

दुर्घटनामा परी सिराहा सुखीपुरी-२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको छ। दुर्घटना लगतै गम्भीर घाइते अवस्थामा उद्धार गरिएका चौधरीलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान सनाखत गरिएको हो। यसैगरी दुर्घटनामा परेर गम्भीर घाइते भएका सुनसरीको इनरुवा नगरपालिका-५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका-९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको अहिले ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ।
(डिसी नेपालबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ