शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.हेमराज शर्माले संस्थामा महिला,दोस्रो पुस्ता तथा विज्ञहरूलाई ७० प्रतिशत प्रतिनिधित्व दिने प्रस्ताव अघि सारेका छन्।
डा.शर्माले बुधबार साँझ जारी गरेको सूचनामा एनआरएनएको रि–ब्रान्डिङ तथा संस्थालाई अझ समावेशी,गतिशील र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त प्रस्ताव गरिएको उल्लेख गरेका छन् ।
प्रस्ताव अनुसार संघको हाल रिक्त रहेका पदहरूमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यहरूको मनोनयन गर्दा महिला, दोस्रो पुस्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको कम्तीमा ७० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
गैरआवासीय नेपाली अभियानलाई सफल बनाउन इच्छुक दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई सम्बन्धित फाराम भरी आफ्नो रुचि व्यक्त गर्न डा.शर्माले आग्रह गरेका छन्।
दोस्रो पुस्ताका गैरआवासीय नेपाली भन्नाले विदेशमा जन्मेर हुर्केका वा नेपालमा जन्मिएर पनि विद्यालयस्तरदेखि नै विदेशमा शिक्षा प्राप्त गरेका,३० वर्ष ननाघेका व्यक्तिहरूलाई जनाउने वैधानिक व्यवस्था रहेको छ।
गैरआवासीय नेपाली संघको दुईदिने बैठक आगामी जुन १३ देखि सुरु हुने भएको छ। उक्त बैठकमा संघका रिक्त विभिन्न पदहरूमा मनोनयन गर्ने तयारी रहेको छ।
प्रतिक्रिया