समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

पत्रकार नरेन्द्र नेम्वाङलाई पितृशोक

  शीतलपाटीन्युज डटकम | २२ जेष्ठ २०८३, शुक्रबार ०५:२१

शीतलपाटीन्युज डटकम।
लन्डन । नेपाल पत्रकार महासंघ यूकेका सदस्य तथा एभरेष्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङलाई पितृशोक परेको छ।

उनका बुबा पूर्व क्विन्स गोर्खा सिग्नल्स २११४०७९१ सर्जेन्ट कुबेरसिंह नेम्वाङको बिहीबार (४ जुन) बेलायतको केन्टस्थित विलियम हार्भे अस्पताल,आषफोर्डमा ९२ वर्षको उमेरमा निधन भएको हो। निधनको जानकारी उनका जेठा छोरा नगेन्द्र नेम्वाङले दिएका छन्।

वि.सं.१९९९ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा जन्मिएका स्व.नेम्वाङ वि.सं.२००९ सालमा ब्रिटिस आर्मीमा भर्ना भएका थिए। सैनिक सेवा पूरा गरेपछि,उनले वि.सं.२०२१ देखि २०३३ सम्म गल्लावालाका रूपमा तथा वि.सं.२०३३ देखि २०४१ सम्म पाँचथरको फिदिममा असिस्टेन्ट वेलफेयर अफिसरका रूपमा सेवा गरेका थिए।

स्व. नेम्वाङका दुई छोरा र एघार (११) छोरीहरू छन्।

नेपाल पत्रकार महासंघ यूकेले स्व.कुबेरसिंह नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ