शीतलपाटीन्युज डटकम।
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाएका एसएसपी सुरेश काफ्लेले आज कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
विशेष ब्युरोमा कार्यरत रहँदै आएका काफ्लेलाई हालै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो।
कार्यभार सम्हाल्दै उनले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी,अनुशासित र प्रविधिमैत्री बनाउनेतर्फ प्राथमिकता दिने संकेत गरेका छन्।
उपत्यकाको बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापनका चुनौतीबीच नयाँ नेतृत्वको आगमनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
(AFP Post)
प्रतिक्रिया