समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

सयपत्री नेपाली सांस्कृतिक मञ्च युकेको २०औं वार्षिकोत्सव भब्य

  शीतलपाटीन्युज डटकम | ११ असार २०८३, बिहीबार ०९:११

शीतलपाटीन्युज डटकम।
बेलायत।बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा सयपत्री नेपाली सांस्कृतिक मञ्च युकेको २०औं वार्षिकोत्सव हालै भव्यताका साथ सम्पन्न भएको समाचार छ । बेलायतमा नेपाली कला,संस्कृति र मौलिक पहिचानलाई प्रवासमा जगेर्ना गर्ने उद्देश्यले आयोजित वार्षिकोत्सवसहितको ‘सयपत्री साँझ’ मा बेलायतवासी नेपालीहरुको भब्य सहभागिता थियो।

Screenshot

कार्यक्रम तमु धिँ यूकेका अध्यक्ष जुम काजी गुरुङ र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा रसमोर बरो काउन्सीलका उपमेयर जीव बेलबासेको उपस्थिति रहेको थियो। समारोहमा सयपत्रीका अध्यक्ष दीपक शाही,प्रमुख अतिथिहरु र उपमेयरले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरीएको थियो। नेपाल र बेलायतको राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा बालबालिकाहरुलाई विशेष स्वागत र सम्मान समेत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तमु धिँ यूकेका अध्यक्ष जुम काजी गुरुङले शुभकामना मन्तव्य राख्दै सयपत्री नेपाली सास्कृतिक समुहले गरेका राम्रा कामको प्रशंसा गर्दै प्रगतिको शुभकामना दिएका थिए।

सांस्कृतिक विविधताले भरिएको उक्त साँझमा नेपालबाट आएका चर्चित कलाकारहरू प्रकाश दुतराज, सम्झना भण्डारी र ‘कौडा किङ’ दुर्गा गुरुङलाई स्वागत र सम्मान गरिएको थियो। त्यसपछि कलाकारहरुले आफ्ना उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु दिएका थिए। कलाकारहरूको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए। स्वरुपा थापा मगरले सञ्चालन गरेको सो सास्कृतिक साझमा संस्थाका महासचिव गौरव क्षेत्रीले समग्र कार्यक्रमको सञ्चालन गरेका थिए।


सयपत्रीले आफ्नो दुई दशक लामो यात्रालाई समेटेर तयार पारेको विशेष डकुमेन्ट्री गर्दै प्रदर्शन गर्दै संस्थाको स्थापनाकाल देखि हालसम्म महत्वपूर्ण योगदान पु-याउने संस्थापक अध्यक्ष एलबी गुरुङ,संस्थापक सदस्य कविता घर्ती मगर साथै संस्थापक सदस्य सन्तोष विश्वकर्मालाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उहाहरु तीनै जना अहिले संस्थाको ट्रस्टीका रुपमा संस्थामा आवद्ध हुनुहुन्छ। सो सास्कृतिक साझमा नृत्य तर्फ सयपत्री कल्चरल ग्रुपले भुमे नाच,थारु लाठी नाच र चर्चित गीत ‘वारी जमुना पारी जमुना’मा मौलिक नृत्य प्रस्तुत गरेका थिए।


कार्यक्रमको अन्त्यमा अध्यक्ष दीपक शाहीले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक,मिडिया पार्टनर (गोर्खा मिडिया) र सहयोगी हातहरूलाई धन्यवाद दिएका थिए। उनले सयपत्री र तमु धिँ यूकेबीचको आपसी सहकार्य आगामी दिनमा अझ मजबुत हुने विश्वास समेत व्यक्त गरेका थिए।
श्रोत-गोर्खा मिडिया।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ