समाचार
|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न

बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण,च्योद् साधना सम्पन्न

  शीतलपाटीन्युज डटकम | १८ असार २०८३, बिहीबार ०६:१०

पूर्ण गुरुङ,लण्डन।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ। गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो।

प्राकृतिक चुनढुंगे समुद्री चट्टनी प्रवेशद्वारका रूपमा परिचित डर्डल डोर आफ्नो मनोरम प्राकृतिक सौन्दर्य तथा भूगर्भीय महत्वका कारण विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य हो। बीसीसी यूकेले हरेक वर्ष स्वयंसेवकहरूको सम्मानस्वरूप आयोजना गर्दै आएको एकदिने भ्रमण कार्यक्रमअन्तर्गत यस वर्ष उक्त स्थलको भ्रमण गरिएको संस्थाले जनाएको छ।

बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भ्रमणका क्रममा बौद्ध धर्ममा विशेष महत्व राख्ने च्योद् साधना पनि सामूहिक रूपमा सम्पन्न गरिएको थियो। बीसीसी यूके च्योद् साधना संयोजक तथा पूर्वअध्यक्ष लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ र सहसंयोजक एवं बीसीसी यूके आमा उपाध्यक्ष दुर्गा लक्ष्मी गुरुङको विशेष व्यवस्थापनमा उक्त साधना सम्पन्न भएको हो।

उक्त भ्रमणको यातायात व्यवस्थापन बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले गरेका थिए भने खानपान व्यवस्थापन बीसीसी यूके आमा प्रमुख शारदा गुरुङको नेतृत्वमा गरिएको थियो ।

भ्रमणमा बीसीसी यूकेको विशेष निमन्त्रणामा बेलायत आउनुभएका दोर्जिन निमा लुङ्गरिक रिन्पोछे,बीसीसी गुम्बाका खेन्पो वाङ्गचुक र खेन्पो यन्तेनको सहभागिता रहेको थियो। साथै बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा,संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ तथा पूर्व आमा प्रमुखहरू पुष्पा गुरुङ,उर्मिला गुरुङ र जगना गुरुङलगायत संस्थाका पदाधिकारी,सदस्य र स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त भ्रमणको अवसरमा आमा प्रमुख शारदा गुरुङले गुरुहरुलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिएकी थिईन्।

बीसीसी यूकेले यस्ता भ्रमण तथा आध्यात्मिक कार्यक्रममार्फत सदस्यहरूबीच आपसी सद्भाव,सहकार्य र साँस्कृतिक तथा धार्मिक मूल्य–मान्यताको संरक्षणमा योगदान पु¥याउँदै आएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ