समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

तमु छोंज धिं उपत्यका प्रमुख तथा कलाकार राजु गुरुङको लण्डनमा भब्य स्वागत

  शीतलपाटीन्युज डटकम | २१ असार २०८३, आईतवार १६:५९

शीतलपाटीन्युज डटकम।
लण्डनमा। सोंपाल समाज युकेको निमन्त्रणमा नायक गायक राजु गुरुङ लन्डन आइपुग्नु भएको छ। ४ जुलाई २०२६ शनिबार बेलुका हिथ्रो एरपोर्टमा उत्रनु भएको थियो। उहाँको स्वागतको लागि सोंपाल समाज युकेका अध्यक्ष जगदिश गुरुङद्वारा खादा लगाएर स्वागत गर्नु भएको थियो भने क्रमिक रुपमा आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङ ज्युले पुष्प गुच्छा बाट स्वागत गर्नु भएको थियो। उहाँलाई स्वागत गर्नको लागि तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा अध्यक्ष श्रीमती कमला गुरुङ ज्युको बिशेष उपस्थिती थियो। त्यसैगरी नै एन आर एन युकेका प्रमुख संरक्षक डेभिड गुरुङ ज्युले खादा पुस्पा गुच्छा द्वारा स्वागत गर्नु भएको थियो। 

उहाँको भब्य स्वागतको लागि सोंपाल समाजको विशिष्ट व्यक्तिहरु को साथमा समाजको चेलीबेटी हरुको पनि बिशेष उपस्थिती रहेको थियो।

राजु गुरुङ ज्युको युके आगमन सोंपाल समाज युकेको बार्षिक कार्यक्रम बिबिक्यु तथा समर भेटघाट कार्यक्रमलै लक्ष्य गरेर उहाँको कला प्रस्तुतिको लागि निमन्त्रण गरिएको हो। उहाँ युकेमा पहिले पनि तमु धिं युकेको निमन्त्रणमा आइसक्नु भएको थियो। यस पटक उहाँको भ्रमण बेलायतको समर को मौषम लाई पनि मध्ये नजर गरेर भएको छ।

सोंपाल समाज युकेले ११ जुलाई २०२६ शनिबार को दिन पोस्ट अफिस क्लब,लण्डनको भब्य मन्च र मैदानमा समर भेटघाट तथा बिबिक्यु कार्यक्रम अयोजना गर्दैछ र उक्त दिन चर्चित कलाकार राजु गुरुङ ज्युको चर्चित गीत हरुको प्रस्तुति हुनेछ। उहाँको लोक दोहोरि तथा गुरुङ गीतहरु मन छुने खालका धेरै छन साथै उहाँको प्रस्तुति सधैं बिशेष हुने गर्दछ। 

सोंपाल समाज युकेका सम्पूर्ण सदस्य ज्युहरु साथै चेलीबेटी ज्वाई भान्जा भान्जी हरु इष्टमित्र ज्युहरु सबै सबैलाई हार्दीक चुलो निम्तो छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ