समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

नेप्लिज नर्सिङ्ग एसोसिएसन युकेले ‘अन्तरपुस्ता संवाद’ विषयक वेबिनार आयोजना गर्दै

  शीतलपाटीन्युज डटकम | २६ असार २०८३, शुक्रबार १८:१४

GNNNEWS-
लन्डन -नेप्लिज नर्सिङ्ग एसोसिएसन (एनएनए) युकेले “काम तथा जीवनबीच सन्तुलन र अन्तरपुस्ता संवाद” विषयमा एउटा वेबिनार आयोजना गर्न लागेको छ।

जीवन विज्ञान युकेसंगको सहकार्यमा १५ जुलाई (बुधबार) बेलुका ८:३० बजे देखि ९:३० बजे सम्म संचालन गरिने वेबिनारमा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ गुरु एल पी भानु शर्माको प्रस्तुति रहने छ। उक्त प्रस्तुति पछि प्रश्नोत्तरको कार्यक्रम पनि रहेको छ।

“बेलायतमा कार्यरत नर्स लगायत अन्य पेशाकर्मीहरुले काम तथा परिवारबीच सन्तुलन मिलाउन धेरै चुनौती व्यहोरी रहनु परेको छ। त्यस्तै बेलायतमै जन्मिएर हुर्की रहेका युवा पुस्तासंग बाबुआमाको संवाद पनि पातलिंदै गएको छ। यस्तो गहन विषयमा आयोजना गर्न लागिएको वेबिनार हाम्रा सदस्यहरु लगायत सबैलाई उपयोगी हुने हामीले विश्वास लिएका छौं,”नेप्लिज नर्सिङ्ग एसोसिएसन (एनएनए) युकेकी अध्यक्ष रश्मिता दर्लामीले भनिन्। उनले सबै पेशाकर्मीहरुलाई वेबिनारमा सहभागी हुन अपील पनि गरिन्।

त्यस्तै जीवन विज्ञान युकेकी योग प्रशिक्षक सरिता शर्माले प्रवासका नेपाली समुदायको जीवन शैली,सामर्थ्य र चुनौतीबारे जानकार भानु गुरुसंगको अन्तरक्रिया संसारभरिका नेपालीहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन्।”निस्वार्थ सेवामार्फत मानव मात्रको चेतनास्तर उकास्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नु भएका श्रद्धेय गुरुदेवलाई सुन्ने र प्रश्न गर्ने यो अवसर नगुमाउन म सबै मित्रहरुलाई हार्दिक आग्रह गर्दछु,”उनले भनिन्।
उक्त वेबिनारमा जोडिएर लाभान्वित हुन आयोजकहरुले सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ