समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

स्व भण्डारीको शव नेपाल पठाउन उठ्यो झन्डै ७ हजार पौण्ड, सबै सहयोगदातालाई एनआरएनए यूकेले दियो धन्यवाद

  शीतलपाटीन्युज डटकम | २८ असार २०८३, आईतवार ११:०४

GNNNEWS-
लन्डन — बेलायतमा निधन भएकी स्वर्गीय रञ्जिता भण्डारीको शव अन्तिम संस्कारका लागि नेपाल पठाउन झन्डै ७ हजार पौण्ड सहयोग संकलन भएको छ।

स्वर्गीय भण्डारीको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्ने इच्छा व्यक्त गरे पछि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो। शनिबार बेलुकीसम्म ‘गो फन्ड मी’ मा ६,९०० पौण्ड भन्दा बढी रकम संकलन भै सकेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय भण्डारीको दुःखद निधनले सम्पूर्ण नेपाली समुदायलाई मर्माहत बनाएको बताए।

“रञ्जिता भण्डारीको असामयिक निधनले उनका पति दिवस थापा र दुई महिनाका शिशु छोरालाई गहिरो पीडामा छाडेको छ। यो अत्यन्त कठिन घडीमा शोकसन्तप्त परिवारलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं,” उनले भने।

काठमाडौं,गोकर्ण निवासी रञ्जिता भण्डारी सन् २०२१ को अक्टोबरमा विद्यार्थीका रूपमा बेलायत आएकी थिइन्। उनी एक नर्सिङ होममा केयररका रूपमा कार्यरत थिइन्। सन् २०२४ को फेब्रुअरीमा दिवस थापासँग विवाह गरेकी उनी परिवारसहित प्रेस्टनमा बस्दै आएकी थिइन्।

छोरा करिब ५० दिनको मात्र हुँदा सन् २०२६ मे २२ मा रञ्जिताको निधन भएको थियो। हाल शिशु सामाजिक सेवाको संरक्षणमा छन् भने घटना पछि परिवार गम्भीर मानसिक तनावमा रहेको बताइएको छ।

परिवारका अनुसार रञ्जिता एक मायालु श्रीमती र स्नेही आमा थिइन्। हालसम्म उनको शव प्रेस्टनस्थित कोरोनरको जिम्मामा रहेको छ। शव नेपाल पठाउन आवश्यक खर्च जुटाउन सहयोग अभियान सञ्चालन गरिएको थियो।

https://gofund.me/86802a30c

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ