समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

प्रवासबाट रास्वपाको केन्द्रीय समितिमा पाँच जनाको नाम सिफारिस

  शीतलपाटीन्युज डटकम | ७ श्रावण २०८३, बिहीबार ११:११

शीतलपाटीन्युज डटकम।
लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा प्रवासबाट पाँच जनाको नाम सिफारिस गरिएको छ। चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित भएपछि प्रवासी नेपालीमध्येबाट केन्द्रीय समिति सदस्य मनोनयन गर्ने बाटो खुलेको हो।

यससँगै विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूले पाँच जनासम्मको नाम सभापति रवि लामिछाने नेतृत्वको केन्द्रीय समितिलाई सिफारिस गरेका छन्।
महाधिवेशनका क्रममा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, विदेशबाट आएका महाधिवेशन प्रतिनिधि तथा विधान समितिका प्रतिनिधिबीच भएको छलफलपछि प्रवासी नेपालीलाई सभापतिबाट मनोनित हुने केन्द्रीय समिति सदस्यमा समावेश गर्ने सहमति भएको थियो। यससँगै पहिलोपटक विदेशमा रहेका पार्टी सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित हुने भएको छ।

प्रवासबाट सिफारिस गरिएका नाममा जापानबाट दिलेन्द्रप्रसाद जोशी,डेनमार्कबाट शशिकुमार ढकाल,कतारबाट अब्दुल करिम वा चन्द्रसाद सापकोटा,साउदी अरेबियाबाट अमर सापकोटा वा सलिनकुमार खड्का तथा बेलायत (यूके) बाट पवन कँडेल रहेका छन्। युकेबाट सिफारिस भएका कँडेलले पछि केन्द्रीय समितिको भूगोलतर्फबाट पनि प्रतिस्पर्धा गरेका थिए तर पराजित भएका थिए।

कतार र साउदी अरेबियाबाट एकभन्दा बढी नाममा सहमति जुट्न नसकेपछि ती देशका सिफारिसमध्ये एक–एक जनाको अन्तिम छनोट गर्ने जिम्मेवारी केन्द्रीय नेतृत्वलाई दिइएको छलफलमा सहभागी प्रतिनिधिहरूले बताएका छन्। रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये १०८ जना निर्वाचित हुने र ५० जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ। हाल पार्टीमा ११ पदाधिकारी,३१ सचिवालय सदस्य र ५० केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छन्।
नेपाल ब्रिटेन डटकमबाट।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ