समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

स्वर्गीय डा.खेन्पो ग्याल्जेन शेर्पाको पार्थिव शरीर नेपाल पठाउने तयारी,बेलायतमा श्रद्धाञ्जली सभा सम्पन्न

  शीतलपाटीन्युज डटकम | ११ श्रावण २०८३, सोमबार २०:५५

पूर्ण गुरुङ,
अल्डरशट,युके। बेलायतको निजी भ्रमणका क्रममा असामयिक निधन भएका विशिष्ट बौद्ध विद्वान् स्वर्गीय डाक्टर खेन्पो ग्याल्जेन शेर्पाको पार्थिव शरीर नेपाल पठाउने भएको छ।

बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके,डायमण्ड बुद्धिस्ट सेन्टर रेडिङ,शेर्पा एसोसिएसन युके,कोर्बि समाज युके,इलाम समाज युकेलगायत बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको विशेष पहल र संयुक्त प्रयासमा उनको पार्थिव शरीर नेपाल लैजान लागिएको हो।

Screenshot

यसैबीच दिवंगत डा.खेन्पोको मृतात्माको शान्तिको कामना गर्दै गत आइतबार (२६ जुलाई) अल्डरशटस्थित बुद्धिस्ट कम्युनिटी सेन्टरको गुम्बामा एक भावपूर्ण श्रद्धाञ्जली सभा सम्पन्न भयो। सो अवसरमा उनको पार्थिव शरीरलाई गुम्बा परिसरमा राखी बौद्ध धर्म–परम्परा अनुसार पूजनीय गुरुहरूबाट धार्मिक पूजापाठ तथा प्रार्थना गरिएको थियो।

Screenshot

गत जुलाईका ११ जुलाईको मध्यरातमा असमायिक निधन भएका स्वर्गिय डा.शेर्पाको पार्थिव शरीर मंगलबार २८ जुलाईका साँझ नेपाल पठाउन लागिएको बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले जानकारी दिए। साथै,उनको पार्थिव शरीर नेपाल पठाउनमा आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्य अनुरुप बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युके,डायमण्ड बुद्धिस्ट सेन्टर रेडिङ, शेर्पा एसोसिएसन युके,बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट,कोर्बि समाज युके,इलाम समाज युके,रेडिङ्ग गुम्बालगायत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग संकलन गरिएको अध्यक्ष शेर्पाले जानकारी गराउँदै पार्थिव शरीर नेपाल पठाइ वचत भएको रकम स्वर्गिय डा.शेर्पाले लुक्लामा निर्माण भैरहेको गुम्बालाई हस्तान्तरण गर्ने बताए।

डायमण्ड बुद्धिस्ट सेन्टर रेडिङका अध्यक्ष मेजर समुन्द्र गुरुङको संयोजनमा सम्पन्न श्रद्धाञ्जली सभामा बिसीसी युकेका अध्यक्ष आङदावा शेर्पा,शेर्पा एशोसिएसन युकेका अध्यक्ष रिन्जी शेर्पा, बीसीसी केन्टका अध्यक्ष निमा तेन्जी शेर्पा,कोर्वि समाजका जीवन गुरुङ,इलाम समाज युकेकी उपाध्यक्ष मीना गुरुङ,बीजिएन आर्चाय पसाङ्ग शेर्पा लगायत बेलायतका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले स्वर्गिय डा.शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।

सहभागीहरूले बौद्ध धर्मका ज्ञाता डा.खेन्पोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ