समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

३१ अगष्टमा तेस्रो साझा भजन महोत्सब २०२६ को आयोजना हुदै

  शीतलपाटीन्युज डटकम | १२ श्रावण २०८३, मंगलवार १७:१२

शीतलपाटीन्युज संबाददाता।
लण्डन। “ये भजनकीर्तनानि गायन्ति वा शृण्वन्ति वा, तेषु आनन्दं लभन्ते,तेषां आर्थिकसहायतां च ददति,ते स्वर्गे निवसन्ति “अर्थात भजन कृतन गर्ने,सुन्ने,भजनमा रमाउने,भजनलाई आर्थिक सहयोग गर्नेहरुको स्वर्गमा बास हुन्छ।

नमस्कार

सनातन धर्म र संस्कृति लाई बेलायतको नेपाली समुदायमा संरक्षण र सम्बर्द्धन गर्ने उद्धेष्यले साझा नेपाली समाजको नेतृत्वमा प्रत्येक बर्ष आयोजना गरिने “साझा भजन महोत्सव २०२६” यहि 31 August सोमबारको दिन मिडलैन्डको सुन्दर नगरि नटिङगम मा हुदैछ। भगबानको भजाई,जपाई र नचाई को यो कुम्भमेलामा मातृभूमी नेपाल लगायत बेलायत भरबाट सामाजिक एवं धार्मिक अभियन्ताहरु सहितको भजन मन्डलीले भजन प्रस्तुत गर्नेछन। यो भजन महोत्सबमा हाम्रो दोस्रो पुस्तालाई सनातन धर्म र संस्कृतीको ज्ञान गराउने उद्धेष्य ले एकै स्थानमा दोस्रो साझा भलिबल रनिङशिल्ड प्रतियोगिता र मिडलैन्ड क्रिकेट लिग २०२६ को समापन हुदैछ। त्यसैले भजाई,जपाई,नचाई र खेलकुदको यो संगममा तपाईहरुको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गर्दे महोत्सबमा उपस्थित हुनको लागि बेलायत भरका सामाजिक एवं धार्मिक अभियन्ताहरुलाई निमन्त्रणा गरिएको छ।

करिब एक दर्जन भजन मन्डलीहरुले भजन प्रस्तुत गर्ने यो महोत्सबले बेलायतबासी नेपालीहरुमा नेपाली सनातन धर्म र संस्कृतिको जागरण गराउने काम गरेको छ। संम्बत २०२४ बाट सुरु गरिएको यो महोत्सबको पहिलो र दोस्रो संस्करणको प्रभाबको कारण मठ र मन्दिरमा सिमित रहेको भजनकृतनलाई समुदायमा पुराउन सफल भएको छ। खुसिको कुरा त के छ भने हाल बेलायतको नेपाली समुदायमा हुने ब्यक्तिगत भेट र जमघटहरु चाहे ति घर भित्रका हुन वा पार्कमा गरिने हुन,मेला पर्ब,महोत्सब र कार्यक्रममा भजनकृतन हुने गरेको छ भने दोस्रो पुस्ताका नेपाली मुलका बेलायतिहरुले समेत आ-आफ्ना भजन समुह बनाई भजनकृतन गरिरहेका छन।

समाजका अध्यक्ष नारायण प्रसाद फुयाल र महासचिव शशांक शर्माका अनुसार साझा नेपाली समाज एक नेतृत्वदायी समाज भएकोले बेलायकवासी नेपाली समुदाय लाई एक बनाउने खालका कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ।

तेस्रो साझा भजन महोत्सव २०२६ को ब्यबस्थापन र आर्थिक संयोजनको लागी निवर्तमान अध्यक्ष दिपक सापकोटा र ट्रष्टि संयोजक महेश अधिकारी लाई तोकिएको छ ।संयोजक द्धोयले समाजका ट्रष्टिहरु,संस्थापक लगायतका पुर्व अध्यक्षहरु,साझा नेपाली समाजमा आबद्ध समाजहरुका अध्यहरु,बेलायतको मध्यभागमा क्रियाशिल संघ संस्था समाजका अध्यक्षहरु लाई राखि भजनमहोत्सब परिचालन समिति गठन गरेका छन।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ