समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

  शीतलपाटीन्युज डटकम | ७ कार्तिक २०७९, सोमबार १२:३१

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्म आइपुग्दा नबिल बैंकले १ अर्ब ५७ करोड खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ४१ दशमलव ३० प्रतिशतले धेरै हो । बैंकले गत वर्षको यसै अवधिसम्म १ अर्ब ११ करोड नाफा कमाएको थियो ।

यसै अवधिसम्ममा बैंकले ३ खर्ब ३४ अर्ब ९ करोड निक्षेप सकंलन गरी ३ खर्ब ५ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ । साथै, बैंकको सञ्चालन मुनाफा र खुद व्याज आम्दानी दुवै बढेको छ । बैंकको सञ्चालन मुनाफा ४० दशमलव ४२ प्रतिशतले बढेर २ अर्ब २३ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ६४ दशमलव शून्य ७ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ