समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

बेलायतका दुई दर्जनभन्दा बढी सहरमा नेपाली चलचित्र ‘गौथली’ एकसाथ प्रदर्शन हुँदै

  शीतलपाटीन्युज डटकम | २० श्रावण २०८३, बुधबार २०:५७

पूर्ण गुरुङ, लण्डन।
नेपाली चलचित्र ‘गौथली’ बेलायतका दुई दर्जनभन्दा बढी सहरमा एकैसाथ प्रदर्शन हुने भएको छ। चलचित्र आगामी अगस्ट ७ र ८ मा Cineworld, Vue,Savoy लगायत विभिन्न सिनेमा हलहरूमा प्रदर्शन गरिनेछ।

नेपालमा श्रावण १ गतेदेखि सफलतापूर्वक प्रदर्शन भइरहेको ‘गौथली’ अब बेलायतका नेपाली दर्शकमाझ पनि पुग्न लागेको हो।

Cineworld अन्तर्गत अल्डरसट,बर्मिङ्घम,इल्फोर्ड,साउथ रुइसलिप,बेक्सलेहिथ,स्विन्डन,एशफोर्ड र वुल्भरह्याम्प्टनमा चलचित्र प्रदर्शन हुनेछ। त्यसैगरी Vue सिनेमाअन्तर्गत ह्यारो,लिड्स लाइट, रिडिङ,स्टार सिटी,वाटफोर्ड,वेस्टफिल्ड स्ट्राटफोर्ड,बेसिङस्टोक फेस्टिभल प्लेस,डेगनहम,फार्नबरो,नर्थह्याम्प्टन,रोमफोर्ड,थरोक र योर्कमा पनि चलचित्र प्रदर्शन गरिनेछ।

यसका साथै ग्रान्थम,क्याट्रिक र डन्कास्टरस्थित Savoy सिनेमा,ह्यारोको Metro Cinema तथा लेस्टरको Piccadilly Cinemas अन्तर्गत रहेको Independent Cinemas मा पनि ‘गौथली’ प्रदर्शन हुनेछ।

डा.भोला रिजालको कथामा आधारित यस चलचित्रको निर्देशन बेलायत निवासी डा.कपिल रिजालले गरेका हुन्। चलचित्रमा अरुण क्षेत्री,सिमरन खड्का,मदनकृष्ण श्रेष्ठ,प्रकाश घिमिरे, लोनिभा तुलाधरलगायत कलाकारहरूको सशक्त अभिनय रहेको छ।

डा. कपिल रिजाल र सुमन गिरीद्वारा निर्मित ‘गौथली’को टिकट सम्बन्धित सिनेमा हल वा आधिकारिक बुकिङ
https://linktr.ee/gauthaliUK
लिङ्कमार्फत आफ्नो पायक पर्ने स्थानका लागि खरिद गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ