समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

लखन थापा मगर शिल्डका लागि २२ टिम

  शीतलपाटीन्युज डटकम | २९ श्रावण २०८३, शुक्रबार ०६:०६

GNNNNEWS-
लण्डन,प्रतियोगिताको टिम विधामा पाँच खेलाडी सम्मिलित हुनेछन्। तीमध्ये उत्कृष्ट चार खेलाडीले प्राप्त गरेको स्कोरका आधारमा विजेता टिम चयन गरिनेछ।

टिम विधाको विजेताले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछ। उक्त शिल्ड तथा नगद पुरस्कार प्रतियोगिताको मुख्य आयोजक मगर संघ यूकेले प्रायोजन गरेको हो।

दोस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ।

ग्रस र नेट विजेतालाई जनही २५० पाउन्ड

व्यक्तिगत प्रतिस्पर्धाअन्तर्गत ग्रस विधाका विजेताले शिल्डसहित २५० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका ओआईसी क्याप्टेन टम ढेगाले ग्रस विजेताको शिल्ड तथा नगद पुरस्कार प्रायोजन गरेका हुन्।

नेट विधाका विजेतालाई पनि विशेष ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ। नेट विजेताको ट्रफी तथा पुरस्कार ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेको हो।

ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रतिष्ठित प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सफल आयोजनाका लागि मगर संघ यूकेलाई शुभकामना दिएको छ।

अन्य आकर्षक विधा पनि समावेश

प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ र ‘नियरेस्ट टु द पिन’ विधाका पुरस्कारसमेत राखिएका छन्। सिनियर तथा जुनियर विधामा पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

बेलायतभर रहेका नेपाली गल्फ खेलाडीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई व्यापक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

बिहान ८ बजे पहिलो टी अफ

कार्यक्रमअनुसार खेलाडी बिहान साढे ६ बजेदेखि क्लब हाउसमा उपस्थित हुनेछन्। बिहान ७ बजे दर्ता तथा चिया–कफीको व्यवस्था हुनेछ। पौने ८ बजे प्रतियोगितासम्बन्धी जानकारी तथा सामूहिक तस्वीर खिचेपछि बिहान ८ बजे पहिलो टी अफ हुनेछ।

प्रतियोगितापछि साँझ ७ बजे ठमेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ