समाचार
|गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटियो|बेलायतमा व्यापक वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने

लखन थापा मगर मेमोरियल गल्फमा वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटी विजयी

  शीतलपाटीन्युज डटकम | १ भाद्र २०८३, सोमबार १८:४३

GNNNEWS-
लन्डन। मगर संघ यूकेको आयोजनामा बेलायतस्थित मेडेनहेडमा आयोजित प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को उपाधि वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले जितेको छ।

गत शनिबार बर्ड हिल्स गल्फ सेन्टरमा भएको प्रतिस्पर्धामा इन्टेक ९६ उपविजेता बनेको छ। १३८ जना व्यक्तिगत खेलाडी र २२ वटा टिमको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताले बेलायतस्थित नेपाली समुदायमा खेलकुद,एकता,मित्रता र आपसी सद्भावलाई थप सुदृढ बनाएको आयोजकले जनाएका छन्।

प्रतियोगिताको टिम विधामा विजेता बनेको वेस्ट लन्डन गोर्खा गल्फ सोसाइटीले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त ग-यो भने उपविजेता इन्टेक ९६ ले ट्रफीसहित २५० पाउन्ड हात पा-यो।

व्यक्तिगत स्पर्धाको ग्रसतर्फ गजेन्द्र गुरुङ विजेता र संजीव राई उपविजेता बने। यस्तै,नेट विधातर्फ सोम थुलुङ्ग विजेता तथा क्याप्टेन ताम बहादुर ढेंगा उपविजेता घोषित भए। दुवै विधाका विजेताहरूले जनही २५० पाउन्ड नगद पुरस्कार प्राप्त गरेका छन् । ५५ वर्षमाथिको उमेर समूहमा नारायण गुरुङ प्रथम र चीन थापा एमभीओ दोस्रो भए। त्यस्तै डिभिजनगत स्पर्धातर्फ डिभिजन ‘ए’ मा आशिष गुरुङ विजेता र सरोज राई उपविजेता,डिभिजन ‘बी’मा गिरिराज लिम्बु विजेता र पदम श्रीश उपविजेता तथा डिभिजन ‘सी’ मा मिस मिनर्वा रोका मगर विजेता र मदन लिम्बु उपविजेता बने।

नोभल्टी विधातर्फ एनटीपी पुरष्कार प्रकाश गुरुङ्ग,एनटीपी थर्ड रमेश राई,सिनियर्सतर्फको लङ्गेस्ट ड्राइभ (एलडी) प्रदीप राई तथा ओपनतर्फ वरेन लिम्बुले जितेका छन् ।

प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ र ‘नियरेस्ट टु द पिन’ विधाका पुरस्कारसमेत राखिएका थिए। सिनियर तथा जुनियर विधामा पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको थियो ।

ट्रफीसहित नगद पुरस्कार
प्रतियोगिताका पुरस्कारहरू मगर संघ यूके, क्याप्टेन ताम बहादुर ढेंगा र ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेका थिए ।

नेट विधाका विजेतालाई पनि विशेष ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिएको थियो। नेट विजेताको ट्रफी तथा पुरस्कार ए स्टार फाइनान्सियल सलुशन्स युकेले प्रायोजन गरेको हो।
गएको १४ वर्ष देखि युकेमा मोर्गेज,रिमोर्गेज,इन्स्योरेन्स, विल लगायतका सेवा प्रदान गर्दै आएको ए स्टार फाइनान्सियल सलुशन्स युकेले उक्त प्रतिष्ठित प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सफल आयोजनाका लागि मगर संघ यूकेलाई बधाई दिएको छ।

खेलपश्चात् अल्डरशटस्थित ठमेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिएको थियो। मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) को अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कार्यक्रम संयोजक क्याप्टेन ताम बहादुर ढेंगाले स्वागत र देव राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा नेपालबाट आएका चर्चित कलाकारहरू निता थापा मगर, सरिश्मा राम्जाली मगर,बिमला घर्ती मगर,कामना ओलीसहितका स्रष्टाले सांस्कृतिक प्रस्तुति दिएका थिए। अध्यक्ष पुनले खेलाडीहरूको व्यापक सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धी बनाएको भन्दै सबै सहयोगी,प्रायोजक र संस्थाका सदस्यहरूप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ