शीतलपाटीन्युज डटकम।
रेडिड्ग युके। गत २२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ म्युजिकल नाइट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक महेन्द्र आलेले दिएको छ। कार्यक्रमको पहिलो सत्रको अध्यक्षता रिडिङ नेपाली समाज को अध्यक्ष भीमसेन खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिमा रेडिङ बोरो काउन्सिलको मेयर Paul Gittings,विशिष्ट अतिथिहरु मा डिपुटी मेयर Amjad Tarar,काउन्सिलर प्रतिक्षा गुरुङ र मगर सङ्घ युकेको अध्यक्ष लाल पुन,अतिथिहरूमा तमुधी यूके को उपाध्यक्ष कमल गुरुङ,मगर संघ युकेको उपाध्यक्ष विष्णु सिरीस ज्यू,पूर्व उपाध्यक्ष अनिता राना,सचिव अनिल थापाज्यू,सांस्कृतिक उपसचिव रुक आले,तनहु समाज युकेको अध्यक्ष सन्त गुरुङ,संरक्षक लेख गुरुङ,वरिष्ठ सल्लाहकार रञ्जन मल्ल,NRNA को कोषाध्यक्ष सरोज थापा र रिडिङका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको गरिमामय उपस्थिति थियो।
कार्यक्रमको दोस्रो सत्रमा वरिष्ठ लोक गायक प्रेम राजा महत,कौरा किङ दुर्गा गुरुङ,Voice of nepal season7 को विजेता निता थापा मगर,तनहु समाज युकेको मौलिक लाइभ कौरा र स्थानीय कलाकार हरुले बेजोड प्रस्तुति दिएका थिए।कार्यक्रममा सुनचादीका गहनाका आकर्षक पुरस्कार सहित को राफल ड्र र सुफत मूल्यमा स्वादिष्ट नेपाली खानाहरूको
व्यवस्था गरेको थियो।
यसैगरी कार्यक्रमलाई प्रचारप्रसारको माध्यमबाट सहयोग गर्ने गोरखा मिडिया,एभरेस्ट टाइम्स यूके,We Nepali.com,सितलपाटीन्युज डटकम,BFBS Radio तथा चर्चित Vlogger हरु मचाङ राना,भीम थापा मगर,गोविन्द अर्मजा,लोकेन्द्र गुरुङ र माया मगरको महत्वपूर्ण भूमिका रह्यो।यसैगरी टिकटको प्रायोजक Kings gate finance,Raffle Draw को प्रायोजकहरु यो मोमोज,A star Mortgage र बुद्ध मोर्टगेजले गरेका थिए।

व्यस्त समयका बावजुद पनि कार्यक्रमको शोभा बढाउन पाल्नुहुने
प्रमुख अतिथिज्यू,विशिष्ट अतिथिज्यूहरू,अतिथिज्यूहरू, कलाकारज्यूहरू स्पोन्सर ज्यूहरू सञ्चारकर्मी मित्र र सम्पूर्ण दर्शक श्रोताज्यूहरूलाई कार्यक्रम संयोजक महेन्द्र आलेले धन्यवाद दिएका छन्।
प्रतिक्रिया