समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

नेपालको बाढीपिडितलाई सहयोग गर्नेगरी भव्य रुपमा सम्पन्न भयो १७ औं नेपाली मेला

  शीतलपाटीन्युज डटकम | १६ भाद्र २०८३, मंगलवार १५:५६

GNNNEWS-
लन्डन। नेपालमा गत साता आएको भीषण बाढीमा परी निधन भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै १७ औं नेपाली मेला भव्य रुपमा आयोजना गरिएको छ।

आइतबार ३० अगस्टमा लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना गरिएको मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाले आफ्नो मौलिक कला,संस्कृति,भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै कावा राजदूत दुवाडीले नेपालमा भोटेकोशी बाढीले जनधनको अकल्पनीय क्षति पुर्‍याएको भन्दै बाढी पीडितहरुलाई सघाउन प्रवासी नेपालीले गरिरहेको सहयोगको प्रशंसा गरे। उनले पुल,बाटोघाटो,स्कुल,स्वास्थ्य चौकी,विद्युत गृह लगायत पूर्वाधारको क्षति भएकाले पुनर्निर्माणमा सघाउन अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे। उनले बेलायत स्थित सबै नेपाली समुदायलाई समेटेर नेपाली भाषा,संस्कृति र सम्पदाको जगेर्नाका लागि नेपाली मेला आयोजना गरेकोमा तमु धी युकेको प्रशंसा गरे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ, सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले तमु धीं यूकेले जुन यो नेपाली मेला आयोजना गरेर नेपाली संस्कृति र सभ्यता जोगाएको देखेर निकै खुसी लागेको बताउंदै हार्दिक धन्यवाद दिइन्।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला बेलायतवासी सबै नेपालीहरुको साझा कार्यक्रम भएको बताउदै मेला सफल पर्न सघाउने सबैलाई धन्यवाद दिए।

Screenshot

कार्यक्रम संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले नेपालमा विपदको स्थिति रहेकाले मेला आयोजना गर्दा लागेको खर्च कटाएर बचेको सम्पूर्ण रकम बाढी पीडितहरुको सहयोगका लागि पठाइने बताए।

नि:शुल्क स्वास्थ्य जांच

मेलामा नेप्लिज नर्सिङ्ग एसोसियसन युकेले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। नेप्लिज नर्सिङ्ग एसोसियसन युकेकी अध्यक्ष तथा वरिष्ठ नर्स रश्मिता दर्लामीले मेलामा आएका ३० जना भन्दा बढी सहभागीहरुको ब्लड प्रेसर, ब्लड सुगर लगायतको जांच गरेकी थिइन्। उनले युकेको जीवन व्यस्त भए पनि समय निकालेर नियमित रुपमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिइन्।

‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाली तथा विदेशी कूटनीतिक प्रतिनिधिको समेत उपस्थिति थियो। मेलामा नेपाली खाना, पोसाक,मौलिक सामग्री तथा विभिन्न व्यापार,सेवा र च्यारिटीका ७० भन्दा बढी स्टल राखिएका थिए।

नेपाली मेलामा ए स्टार मोर्गेजेज

विगतका वर्षहरुमा झैं यस पटक पनि ए स्टार मोर्गेजेजले मेलाका भिजिटरहरुलाई मोर्गेज,रिमोर्गेज,इन्स्योरेन्स र विल सम्बन्धी नि:शुल्क सल्लाह दिएको थियो। ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले नेपालले विपदको अत्यन्तै ठूलो पीडा व्यहोरी रहेको बेला आफुहरुले सक्दो सहयोग गर्दै आएको बताए। ए स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्शन एडभाइजर रमेश सरानकोटीले पीडितहरुको घर आँगनमै सहयोग पुग्ने गरी नेपालमा सक्दो सहयोग पठाउन आफुहरुले समुदायका अगुवाहरुसंग छलफल गरिरहेको बताए।

‘एम्व्यासडर कप’ र ‘एनआरएनए कप’

मेलामा ४० भन्दा बढी संघसंस्थाले झांकी र नृत्यमा प्रतिष्पर्धा गरेका थिए । प्रतिस्पर्द्धामा झांकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्दै पासा पुच गुथि यूकेले ‘एम्बासडर कप’ र ‘एनआरएनए कप’ दुवै उपाधि जित्न सफल भयो । एम्बासडर कपमा मगर संघ यूके द्वितीय र किरात राई यायोख्खा यूके तृतीय भए।

यस्तै नृत्य प्रतियोगितातर्फ तनहुँ समाज यूके प्रथम,पासा पुच गुथि यूके द्वितीय तथा किरात राई यायोख्खा यूके तृतीय भए।

झाँकी प्रतियोगितातर्फ पासा पुच गुथि यूके प्रथम,मगर संघ यूके द्वितीय र बर्न्टओक नेपाली समाज यूके तृतीय भए।

झांकी र नृत्य प्रतियोगितामा विजेता टिमलाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेटसहित एम्बासडर कप दिइएको थियो भने फष्ट र सेकेन्ड रनरअपले क्रमशः ७ सय र ५ सय पाउण्ड पाए। त्यस्तै, एनआरएनए कप विजेताले ५०० पाउण्ड प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ