समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

  शीतलपाटीन्युज डटकम | ११ आश्विन २०८३, आईतवार ०८:३३

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो।

काठमाडौंको महाराजगञ्जस्थित घरबाटै उनी गएराति पक्राउ परेका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय स्रोतले यसबाहेक थप विवरण भने दिएको छैन।

वकालत पेशा गरिरहेका चोलेन्द्र २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भएका थिए।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी २०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। २०७५ पुस १८ गते प्रधानन्यायाधीश भएका उनी उमेर हद (६५ वर्ष)का कारण २०७९ मंसिर २७ गते अनिवार्य अवकाशमा गएका थिए।

उनी प्रधानन्यायाधीश रहेकै बेला तत्कालीन सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायतका दल) का सांसदहरूले २०७८ फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग दर्ता भएसँगै उनी स्वतः निलम्बनमा परेका थिए।

महाभियोग प्रस्ताव संसद्‌मा विचाराधीन रहेकै अवस्थामा उनी अनिवार्य अवकाशमा गएका थिए।
(लोकान्तर न्युजबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ