समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

प्रहरीका ८ एआईजीको सरुवा, को कहाँ ? हेर्नुहोस सूची

  शीतलपाटीन्युज डटकम | १३ आश्विन २०८३, मंगलवार ११:३२

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आठ जना एआईजीको सरुवाको निर्णय गरेको हो। प्रहरीका एआईजीकाे सरूवा सरकारले क्याविनेट निर्णयबाट हुने गरेकाे छ।

सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ।

सीआईबीका एआईजी डा मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ । रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा भएको छ ।

मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ । एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ । प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ।
पर्दाफास न्युजबाट साभार।

Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ