समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान

  शीतलपाटीन्युज डटकम | २५ आश्विन २०८३, आईतवार २१:४०

शीतलपाटीन्युज डटकम।
अलडरसट लण्डन।नेपालीहरुको राजधानी कै रुपमा लिईने लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा आज नवरात्रीको पहिलो दिन गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश बहादुर केसी एवम उहाको धर्मपत्नी बिन्देश्वरी केशीलाई घटस्थापनाका दिन शिव मन्दिर अलडरसटमा स्वागत र गरीएको समाचार छ।

घटस्थापनाको शुभ मुहुर्तका अवसरमा हिन्दु धर्माबलम्बीहरुको ठुलो उपस्थिती भएको सो घटस्थापना पुजामा पुर्व मन्त्री केशीलई स्वागत एवम सम्मान गरेको कुरा मंन्दिर ब्यवस्थापन समितीका अध्यछ्य हरि भट्टराईले बताउनु भएको हो।

शिव मन्दिरका पंण्डित मधुसुदन सत्यालको शान्ति बचन,दुर्गाश्लोक र आशिर्बादका शब्दले मन्दिर हल गुन्जायमान भयको सो पुजामा

“या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥” मन्त्रणा गरिएको थियो।


घटस्थापना दशैँको पहिलो दिन जसलाई नवरात्रको सुरुवातको रूपमा चिनिन्छ। यसै दिनबाट श्रीदुर्गा भवानीको पूजा आरम्भ हुन्छ, जुन विजया दशमीसम्म गरिन्छ। नेपाली संस्कृतिमा घटस्थापना धार्मिक र सामाजिक महत्त्व राख्दछ। यस दिन विशेष रूपमा नवदुर्गा भवानीको पूजा आरम्भ र घटस्थापना गरिन्छ । यो पर्वले आसुरी शक्तिको दमनलाई सत्य शक्तिले विजय हुन्छ भन्ने सन्देश दिन्छ।

यो दिनमा घटस्थापना गरेर नवदुर्गाको पूजा आरम्भ गरिन्छ । बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ। यसका लागि धान,चामल,जऊ,तिल,कुश,दुना,टपरी, पञ्चामृत,अबिर,केशरी,सिन्दुर,रातो अक्षता तयार गर्नुपर्छ। यसैगरी सौभाग्य,शृङ्गार,नरिवल,फलफूल,पक्वान्न,धूप,बत्ती,कपुर,रातोफूल,माला,सप्तधान्य(धान,जौ,तिल,कागुन,मुग,मास,गहुँ) आदि सरजाम तयार गर्नुपर्छ। त्यसपछि पूर्व या उत्तर फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ या अग्निकोणमा दीप प्रज्वलन गरी दियोकोआवाहन गरेर पूजा गर्ने गरीन्छ।

कार्यक्रममा पुर्व मन्त्री केशीलाई खादा लगाएर सम्मान समेत गरीएको सो अवसरमा पुर्व मन्त्री केशीले बेलायत तथा बिश्व भरी छर्रीएर रहेका नेपालीहरुलाई बडादशैको शुभकामना दिदै शुख, शान्ती र सम्बृध्दीको कामना गर्नु भयको थियो। साथै तमुधि युकेका पुर्व अध्यक्ष नन्दजंग गुरुड्ग,शिव मन्दिरका पुर्व अध्यक्षहरु रोहित गुरुड्ग,बाचस्पति रेग्मी र बिक्रम भट्टराई,उपाध्यक्ष सुष्मा गुरुड्ग,मन्दिरको फस्ट लेडी अध्यक्ष बिमला पौडेल भट्टराइ,पुर्व फस्ट लेडी अध्यक्ष पबित्रा भट्टराई,सरस्वती तिवारी,ट्रष्टीहरु,कार्यसमिती पदाधिकारी रुपेश काफ्लेको उपस्थिती रहेको थियो।

मन्दिरमा आरती समेत गरीएको सो पुजामा प्रसाद बितरण गरीएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ