शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। हरेक जिम्मेवार पदमा बसेका मानिस हरु बिभीन्न कारणले कसैलाइ मन नपरेको हुन सक्छ तर ती जब सम्म पदमा हुन्छन्,त्यो पद मुलुकको शुरक्षा,बिकास वा सेबासंग जोडीएका हुन्छन्। तिन्लाइ ब्यक्ती संझेर चाहिने भन्दा बडी अपमान बदनाम गर्दा त्यो पदले दिनु पर्ने सेबामा पनि प्रतिकुल असर पर्न सक्छ। ।त्यस्को प्रभाब देस र जनताले पाउनु पर्ने सेबामा पनि पर्ने छ।
यसैले हो सरकार वा राष्ट्रप्रमुखहरुका परीबारलाइ समेत बिशेस सुरक्षा र सम्मान दिइन्छ कारण परीबार माथि आंच आए ति बिशिष्ठ ब्यक्तीको मानसिक हालत खराब भै तिन्ले दिने सेबामा पनि प्रतिकुल असर पुग्न सक्छ।
नेपालमा एक ज्यादैनै संबेदनसिल र महत्वपुर्ण पद पुलिसका आइजीपी पनि हो, जसमाथि देसको सुरक्षाको ज्यादै ठुलो जिम्मेवारी छ। शुरक्षा बिना न बिकास संभब छ न सभ्य र सुरक्षीत समाज।
तर केही महिना देखि हालका आइजिपी पद धारक माथि ज्यादै नराम्रा आरोपहरु लगाइदै आइएको छ र जिम्मेवार जनप्रतिनिधी जस्को दलको सरकार छ त्यतै बाट निरन्तर आइजीपीलाइ बदनाम र कमजोड बनाउने काम भै रहेको छ। साएद यो प्रकिया अब अलि बडी नै भयो की? भन्मे आभाष आम जनतामा पनि हुन थालेको छ।
जस्ले आरोप लगाउनु भयो त्यो जरुरी थियो होला र जुन कुरा उठाउनु भयो त्यो उठ्नु पर्ने पनि थियो होला। त्यहासम्म ठिक छ। तर जब कुरा रजीष्टर्ड हुनु पर्ने ठाउमा रजिष्टर्ड भै सकेको छ भने त्यसलाइ अब निरन्तर उठाइ रहन जरुरी नहोला कारण यसो गर्दा अब त्यस्को प्रतिकुल प्रभाब आइजिपी पद धारक ब्यक्तीमा मात्र नपरी त्यो संस्था र पुरै प्रहरी संगठनमा पनि पर्ने छ। जस्ले निरन्तर आरोप लगाइ रहनु भएको छ वांहाको छबीमा पनि क्रमस प्रतिकुल असर पर्ने छ कारण एक्सनको रीयक्सन आउनु स्वभाबिकै हो र धेरै भए पछी चिनि पनि तितो लाग्न सक्छ।
अब के गर्नु ठिक हुन्छ? भन्दा यो इसु सुन्नु पर्ने र रजिष्टर्ड हुनु पर्ने स्थानमा रजिष्टर्ड भै सकेको हुदा अब सार्बजनिक रुपमा यस्लाइ धेरै उचालि रहनु पर्ने र एक आर्काले सार्बजनिक रुपमा डिफेण्ड र आरोप प्रत्यारोप षडयन्त्र गर्री रहनु पर्ने जरुरी देखीदैन। यसो गरी रहंदा आरोप लगाउने र लगाइएका दुबै पदको बिश्वसनिएता माथि ह्रास आउने छ।
दुबै पद ब्यक्तीगत दुशमन नभै देसको लागी काम गर्मे सिलसिलामा संबनध हुने बिषिष्ठ पद मात्र भएकाले पद धारकहरुले ब्यक्तीगत इगो लिइ रहनु पर्ने कारण पनि छैन। अत सबै पक्षले हुंदा ब्यक्तिगत इगोलाइ त्यागी पदिए मर्यादाको ख्याल गरौं।
सांसद त सम्मानित पद हुदै हो। आइजीपी पद पनि देस र जनताका लागी अति सम्मानित र महत्वपुर्ण भएकाले क्रीपया “ प्रहरी महानिरीक्षक पदलाइ पनि सम्मानित नै राखौं। कको बाट पनि “ त्यती सम्म को अपमान गर्ने र बदनाम गर्ने काम पनि नगरौ जस्का कारण त्यो संगठनॅ निरासा छाई,नेपाली समाजनै अशुरक्षीत हुने स्थिती न आवोस् ।
बिजया दशमिको शुभकामना ।
बसन्त कुंवंर
पुर्ब एसएसपी
अध्यक्ष
नेपाल पुर्ब प्रहरी संगठन
प्रतिक्रिया