समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सट फिल्म ‘धुकधुकी’ सार्वजनिक 

  शीतलपाटीन्युज डटकम | ९ कार्तिक २०७९, बुधबार १६:१६

काठमाडौं- गीतकार तारा अधिकारीले लेखन र निर्देशन गरेको सट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । फिल्ममा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।

रोगले ग्रस्त बाबुको परदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुख दुःख साट्ने श्रीमतीको चाहना र घरका सबै जनाको सुख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य फिल्ममा छ ।

फिल्ममा सुवास गजुरेल, हिउँवाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बाल कलाकार रियांसी थापाको अभिनय छ ।

फिल्ममा बाबुराम निरौलाको सहायक निर्देशन, शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र प्रदीप श्रेष्ठको पाश्र्व संगीत छ ।

निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो फिल्म चन्द्र विनायक फिल्मसमा पोस्ट प्रोडक्सन गरिएको हो ।

गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु फिल्म हो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ