समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

२० किलो अवैध गाँजासहित ५ जना पक्राउ

  शीतलपाटीन्युज डटकम | १० कार्तिक २०७९, बिहीबार १९:२१

काठमाडौं– २० किलो अवैध गाँजासहित बारा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–५ स्थित घुसुकपुर टोलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीय सुनिता देवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो ।

सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका–१ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका–१ का सफि अन्सारी, पचरौता नगरपालिका–३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी सुचना अधिकारीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ