समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

विकास बैंकको नाफा ३०.०७ प्रतिशतले घट्यो, कुनको कति ? (विवरणसहित)

  शीतलपाटीन्युज डटकम | ११ कार्तिक २०७९, शुक्रबार १९:५३

काठमाडौं– चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा भारी गिरावट आएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार विकास बैंकको नाफा ३०.०७ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म विकास बैंकको नाफा १ अर्ब ५६ करोड ९१ लाख ४ हजार २४४ रुपैयाँ रहेको थियो । चालु आवको असोज मसान्तसम्म आइपुग्दा विकास बैंकको नाफा ३०.०७ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३७९ रुपैयाँ रहेको छ ।

८ वटा राष्ट्रिय विकास बैंकमध्ये तीन वटा बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ । नाफा बढाउने तीनवटा बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंक रहेका छन् ।

साङग्रिला डेभलपमेन्ट बैंकको नाफा १.६७ प्रतिशतले बढेर ५ करोड ५३ लाख ४५ हजार ९२७ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५ करोड ४४ लाख ३१ हजार ७१२ रुपैयाँ रहेको थियो ।

यस्तै गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशतले बढेर १९ करोड ३३ लाख २८ हजार १२६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १८ करोड ४४ लाख १९ हजार ६४४ रुपैयाँ रहेको थियो ।

यस्तै शाइन रेसुङगा बैंकको नाफा ४१.९१ प्रतिशतले बढेर २० करोड ९१ लाख ३६ हजार ९ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड ७३ लाख ६३ हजार ३३६ रुपैयाँ रहेको थियो ।

५ वटा विकास बैंकको नाफा घट्यो
असोज मसान्तसम्म आइपुग्दा ५ वटा विकास बैंकको नाफा भने घटेको छ । नाफा घटेका बैंकमा कामना सेवा, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।

कामना सेवाको नाफा ७६.३५ प्रतिशतले घटेर ४ करोड १५ लाख ६१ हजार ३१० रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १७ करोड ५७ लाख ४७ हजार ४२० रुपैयाँ रहेको थियो ।

यता लुम्बिनी विकास बैंकको नाफा ६६.६७ प्रतिशतले घटेर ७ करोड १० लाख २९ हजार ३४५ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २१ करोड ३१ लाख ६४ हजार ६३४ रुपैयाँ रहेको थियो ।

मुक्तिनाथ विकास बैंकको नाफा ११.०४ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा बैंकको नाफा ११.०४ प्रतिशतले घटेर ३० करोड ७४ लाख १५ हजार ३८२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३४ करोड ५५ लाख ८७ हजार ४९० रुपैयाँ रहेको थियो ।

यता ज्योति विकास बैंकको नाफा पनि ५४.०५ प्रतिशतले घटेर १० करोड ९८ हजार ३३९ रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा २१ करोड ७८ लाख ५५ हजार ६७६ रुपैयाँ रहेको थियो ।

यता महालक्ष्मी बैंकको नाफा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख ३९ हजार ९४१ रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा भने बैंकको नाफा २३ करोड ५ लाख ३४ हजार ३३२ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ