समाचार
|बिबाहको निम्तो र इटलीको यात्रा|बाढी पीडितहरुको साथमा उभिएर दशैं मनाउन एनआरएनए अध्यक्ष डा शर्माको आग्रह|बाढी पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अध्यक्ष डा.शर्माले गरे अपिल|नेपाली कल्चरल सेन्टर युकेद्वारा दशैं शुभकामना आदानप्रदान|बेलायतका लागि नेपाली कार्यबाहक राजदुत दवाडीद्वारा शिव कल्चरल मन्दिर अल्डरसटमा नवदुर्गा पुजा अर्चना|टिकटकमा अश्लील भिडीयो बनाउने अभियुक्त पक्राउ|हार्लो नेपाली समाजले मनायो दशैं, बाढीपीडितका लागि ५ हजार पाउण्डभन्दा बढी सहयोग|नेपाली साहित्य विकास परिषद् यूकेको साधारण सभा र नयाँ कार्यसमिति गठन हुने|मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम सम्पन्न|बाढी पीडितको सहयोगार्थ लन्डनमा गोविन्द साहका कलाकृति बिक्री

कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, ३ जना घाइते

  शीतलपाटीन्युज डटकम | १२ कार्तिक २०७९, शनिबार १६:५३

काठमाडौं– कालीकोटमा बम विस्फोट हुँदा दुईजना बालिकाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडा शनिबार बिहान विष्फोटन हुँदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर अवस्थामा छन् ।

जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्तरमा र ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना आज बिहान ८ बजेको हो । बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको प्र.जि.अ शर्माले बताए । कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको उनले बताए ।

घाइतेको नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ